8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा चुनाव प्रचार गर्न फरक शैली

- Advertisement -
- Advertisement -spot_imgspot_img

चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा फरक शैली प्रयोग गरिएको छ । कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल र उपमेयर पदका उम्मेदवार खगिसरा गुरुङ्गको चुनावी प्रचार प्रसारमा स्ट्याचु बनाई प्रचार भैरहेको छ ।पिकप भ्यानमा दुईटै उम्मेदवारको हात जोडर उभिएको स्ट्याचु बनाई, साइडमा चुनाव चिन्ह रुख र नेपाली कांग्रेसको झण्डा राखिएको छ ।गाडीमा प्रयोग गरिएको साउण्डमा रेकर्डेड विज्ञापन ‘‘लौ महेन्द्र र खगिसरा आयो तिम्रो घर आँगनमा यसलाई मत दिएर जिताउ” जस्ता रेकर्डेड जिंगल बजाउदै कार्यकर्ताहरुले गाउँ गाउँमा प्रचार प्रचार गरिरहेका छन् ।यो शैलीको प्रचार नवलपरासीमा अन्य कुनै उम्मेदवारले गरेको पाइएको छैन । त्यस्तै कांग्रेसका कार्यकर्ताहरुले झण्डा जिउमा ओढेर र झण्डाकै टोपी लगाएर मोटरसाईकल ¥याली गर्ने गरेको पाइएको छ । एमालेका कार्यकर्ताहरुले आफनो उम्मेदवार जिताउन ईरिक्सामा साउण्डबस्क राखी नाचगान गर्दै घरदैलो गरेका छन् भने माओबादी लगायतका अरु दलहरुले पिकप र भ्यानहरुमा चुनावी गित घन्काउदै प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानिय तहको निर्वाचनलाई धाँधलीरहित बनाउन सुरक्षा व्यवस्था कडा पारेको छ । चोकचोक गाउँगाउँमा म्यादी प्रहरीदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाइ सकेको छ भने नेपाली सेनाको गस्ती टोली परिचालन गरेको जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!