8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

५ वर्षमा स्मार्ट सिटी – नेपाली काग्रेस , एमालेको पनि सार्बजनिक

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती , बैशाख २२ – नेपाली काग्रेस कावासोतीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो चुनावि घोषणा पत्र शनिबार सार्वजनिक गरेको छ । कावासोती नगरलाई ५ बर्ष भित्रमा स्मार्ट सिटी बनाउने देखी एक घर एक रोजगार सम्मका योजना समेटीएको छ । पार्टी कार्यालय विपि भवनमा एक कार्यक्रमका विचं नेपाली काग्रेसका तर्फबाट मेयर , उपमेयर , पार्टी नगरसभापती र भोषणापत्र तयारी समितीका संयोजकले संयुक्तरुपमा घोषणा पत्र सार्वजनीक गरेका हुन् । घोषणा पत्रमा कावासोती लाई नवलपुर जिल्लाको सदरमुकाम बनाउने , स्वरोजगार उन्मुख शिक्षा , बृद्धवृछाका लागि सेवाआश्रमका साथै जेष्ठ नागरीक , अपाङग र अल्पसंख्यकले पाउदै आएको भत्तालाई दोब्बर बनाउने उल्लेख छ । मेयरपदका उम्मेदवार महेन्द्र पोख्रेल र उपमेयर खगिसरा गुरुङले सबै जातजाती , भाषाभाषि र समुदायको हकअधिकारको चौतर्फी विकास गरी अगाडी बढ्ने उल्लेख गरीएको छ । फोहोरमैलाको उचित ब्यवस्थापन तत्काल गरीने , कृषक परिचय पत्र , मजदुर विमा , जैविक मार्गको विकास लाई मुखय प्राथमीकतामा राखीएको बताए । सबै कच्चि सडक पक्की गर्ने , सुविधा सम्पन्न सरकारी अस्पताल निमार्ण गर्ने , प्राविधिक शिक्षालय स्थापना गरेर सुन्दर शान्त र समृद्ध नगर बनाउने उल्लेख छ । मेयर पदका उम्मेलवार पोख्रेलले आफुले महोत्काक्षी योजना नल्याएको बताउदै आफुले उल्लेख गरेका योजना जुनसुकै हालतमा पुरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

एमालेको घोषणा पत्र

नेकपा एमाले कावासोती नगरकमिटीले आफ्नो पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा नेकपा एमालेले कावासोतीको चौतर्फी विकाश गरी नमुना शहर बनाउन योजनाहरू प्रस्तुत गरको छ ।घोषणा पत्रमा नेकपा एमालेले नवलपुरलाई नयाँ जिल्लाको रुपमा मान्यता दिलाउदै जिल्लाको सदरमुकाम कावासोती नगरपालिकालाई बनाउने साथै आवश्यक विभिन्न सरकारी कार्यालयको स्थापन गर्ने जनाएको छ ।नेकपा एमालेले नगरपालीकाका १७ वटै वडामा सुविधा सम्पन्न वडा कार्यालय स्थापना गर्ने देखि कम्पुटर प्रणाली द्धारा वडामा सर्वसुलभ सेवा प्रदान गर्ने,जनतामुखी कर नीति अवलम्बन गरिने र आम्दानीको आधारमा कर लिने नीति अवलम्बन गरीने जनाएको छ ।यस्तै सरकारी सेवालाई पारदर्शी र भ्रष्टचारमुक्त गरीने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।घोषणा पत्रमा एमालेले विश्वविद्यालय स्थापनका लागि पहल गर्ने,प्राविधिक शिक्षा र विद्यालयको स्तर उन्नतिका लागि कमद चाल्ने जनाएको छ ।व्यवसायिक कृषि पेशामा जोड दिदै विशेष कृषि उपजको पहिचान गरी त्यस्ता क्षेत्रहरुलाई कृषि पकेट क्षेत्रको रुपमा बिकान गर्ने,कृषिका लागि सहुलियत दरमा ऋण उपलब्ध हुने व्यवस्था मिलाउने जनाएको छ । नदी तथा खोलाजन्य पदार्थको उचित व्यवस्थापन गरी सर्वशुलभ रुपमा उपयोग गर्ने वातावरण मिलाइने समेत उल्लेख गरिएको छ ।नेकपा एमालेले घोषण पत्रमा कावासोती,बालुवाडाडा हुँदै प्रदेश ४ को केन्द्र पोखरासम्म पुग्ने मुल बाटो निर्माणका लागि प्रदेश तथा संघीइ रकासग सहकार्य गरी प्राथमिकताका साथ कार्य गरीने उल्लेख गरेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!