8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

काँग्रेस नेता मार्शलजुलुम शाक्यको निधन

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली काँग्रेसका नेता मार्शलजुलुम शाक्यको निधन भएको छ ।

७७ वर्षको उमेरमा शनिवार विहान नौ बजे शाक्यको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

शाक्यलाई मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका झण्डै डेढ महिनाअघि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि घर गएका शाक्यलाई पुनः एकसाता अघि अस्पताल भर्ना गरिएको थियो । शाक्यको एस्पिरेशन निमोनिया र सेप्टिक सकको समस्या देखिएको थियो ।

शाक्य ०१७ सालमा तत्कालीन राजा महेन्द्रले सैनिक ‘कु’ गरेपछि पहिलोपटक सडकमा उत्रिएर राजाको कदमको विरोध गर्ने पहिलो ब्यक्ति हुनुहुन्थ्यो ।

नेपाल विद्यार्थी संघका संस्थापक शाक्य ०४६ सालको जनआन्दोलनमा काठमाडौं उपत्यकाका कमान्डर हुनुहुन्थ्यो ।

०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा आवास तथा भौतिक निर्माणमन्त्री हुनु भएका शाक्य त्यसपछि पनि पटक–पटक मन्त्री र सांसद हुनु भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!