27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 11:28

TRENDING .

नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा होमराज रानाभाट, प्रेस युनियनको बर्चस्व

- Advertisement -

फागुन-२१, कावासोती, –नेपाल पत्रकार महासंघ नवलपरासीको १० औ अधिवेशनबाट अध्यक्षमा होमराज रानाभाट विजयी भएका छन् । प्रेस युनियनका रानाभाटले शनिबार भएको मतदानमा संयुक्त बाम प्यानलका रामकुमार श्रेष्ठलाई ५४ मतले पराजित गर्दै विजयी भएका हुन् । रानाभाटले १ सय ६ मत प्राप्त गरे भने श्रेष्ठले ५२ मत हात परे । यस्तै उपाध्यक्षमा संयुक्त प्यानलका सागर पोख्रेललाई पराजित गदै युनियनका हरि शर्मा विजयी भए । महिला उपाध्यक्षमा युनियनकै पूजा चापागाई, सचिवमा संयुक्त प्यानलका राजकुमार रेश्मी, खुल्ला सह सचिवमा युनियनका बिष्णु गौंडेल, समाबेसी सह सचिवमा अनिल यादव कोषाध्यक्षमा इश्वरी चापागाई विजयी भए । यस्तै सदस्यहरुमा लक्ष्मी हरीजन, कल्पना कुववर, श्याम बुचा मगर, मधेशी तर्फ नन्द कुमार यादव, सद्दाम हुसेन अन्सारी, प्रकाश न्यौपाने, बुद्धिराज कडरीया, रञ्जना लम्साल, भिमलाल गाहा मगर, रविन शर्मा चापागाइ र  प्यानलका तिर्थराज डुम्रे विजयी भएका छन् । केन्द्रिय पार्षदमा युनियनका १५ र संयुक्त प्यानलका ३ जना विजयी भएका छन् ।

हुलाकी अनलाईनका सम्पादक सम्मानीत
नवलपरासी, खगराज सापकोटा – कान्तिपुरकर्मी नवीन पौडेल सम्मानीत भएका छन् । नेपाल पत्रकार महासंघ नवलपरासीको १० औ अधिवेशनका अवसरमा जिल्लामा रहेर विकास निमार्णका सवालमा कलम चलाएको भन्दै स्वं. ढुण्डीराज भिमकुमारी स्मृति सृजनशिल पत्रकारिता पुरस्कार बाट सम्मानीत गरीएको हो । पुरस्कार स्थापना गर्ने बृद्धी सागर पोख्रेल र नेपाल पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक हरी नारायण गौतमले संयुक्तरुपमा दोसल्ला , प्रमाणपत्र र नगद ५ हजार सहित सम्मानीत गरेका थिए । यसैगरी पत्रकार विरेन्द्र पराजुलीले आफ्ना स्वं पिता कृष्ण लाल पराजुलीको सम्झनामा स्थापना गरीएको कृष्ण लाल स्मृती पत्रकारिता पुरस्कार बाट जिल्लाका संस्थापक अध्यक्ष भुपेन्द्र भट्टराई र मान बहादुर स्मृति पत्रकारिता पुरस्का रबाट शान्ता भण्डारी सम्मानीत भएका छन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्