24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

यस्तो आरोपमा ढुङ्गाले हानेर सडकमै मारिए एक प्रेम जाेडी

- Advertisement -Flowers in Chania

एजेन्सी – इराक-विहेअघि सेक्स गरेको आरोपमा इस्लामिक स्टेट समर्थकहरुले दिउसै एक जोडी प्रेमी/प्रेमिकालाई दिउसै सडकमा ढुंगाले हिर्काएर हत्या गरेका छन । डेलीमेलकाअनुसार इराकको निन्वेह प्रान्तस्थित मोसुलमा आइएसआइएसका जिहादीहरुले युवक र उनकी प्रेमिकालाई सडकमा ठूलो भीडका बीचमा ढुंगा प्रहार गरेर हत्या गरेका थिए ।उनीहरुलाई मार्नुपूर्व आइएसआइएसका न्यायकर्ता अबु अन्सर अल अन्सारीले उनीहरुविरुद्धको न्यायको घोषणा गरेका थिए । उनले ती प्रेमी युवक र प्रेमिका युवतीलाई ब्यभिचारीको संज्ञा दिदैं ढुंगाले हानेर मार्ने आदेश दिएका थिए ।

उनले आरोप पढ्न माइक्रोफोन र पिए सिष्टमको प्रयोग गरेको तस्विहरुमा देखिन्छ । उनीहरुलाई विवाहभन्दा पहिले सेक्स गरेर ब्यभिचार गरेको आरोप लगाइएको थियो ।त्यसपछि हात बाधिएका उनीहरु दुवैलाई मध्य सडकमा आइएसआइएसका लडाकुहरुले ढुंगा प्रहार गरेर निर्मम ढंगले मारेका थिए । उनीहरु दुवै नमरुन्जेल उनीहरुमाथि रक्तमुछेल हुँदा पनि निरन्तर ढुंगा प्रहार गरिएको थियो । उनीहरुको रगतले सडकमा ठूलो ताल बनेको थियो ।

यसरी हत्या गरिदा पनि हजारौ भिड जम्मा भएर हेरेको थियो । उनीहरु बालबच्चा पनि आमाबुवाको काधमा चढेर यस्तो निर्मम दृश्य हेरेका थिए । भिडको पृष्ठभागमा कालो लुगा लगाएका महिलाहरु पनि देखिन्छन् । आइएसआइएसले सार्वजनिक गरेको यो हृद्धयविदारक निकै कारुणिक देखिन्छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्