नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशन चैत २६ र २७ गते कावासोतीमा हुने भएको छ । नेकपा एमालेले शुक्रबार पत्रकार सम्मेलन गरेर अधिवेशनबारे जानकारी दिएको हो । अधिवेशनको तयारी तिब्ररुपमा भइरहेको र चैत २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने नेकपा एमाले नवौं जिल्ला अधिवेशन मुल आयोजक समितिका अध्यक्ष मुक्तीराम पाण्डेले बताए ।
जिल्ला अधिवेशन नजिकीदै जादा नेतृत्वका लागि रस्काकस्सी सुरु भएको छ । जिल्ला अध्यक्ष र पदाधिकारी सर्वसम्मत गरेर सदस्यहरुमा मात्र चुनाव गराउने तयारीमा नेतृत्व छ । तर , कार्यकर्ता र प्रतिनिधीभने लोकतान्त्रिक पद्धतीबाट आकाक्षा राख्ने साथीहरुबीच चुनावी प्रतिस्पर्धाबाट नै नेतृत्व चयन हुनुपर्ने आवाज उठेको छ । जिल्ला नेतृत्वबाट बर्तमान जिल्ला अध्यक्ष मुक्तीराम पाण्डे र संविधान सभा सदस्य तथा नेकपा एमालेका नेता जिवन श्रेष्ठको नाम चर्चामा छ । प्रदेशमा देखिएको खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङ्गको समुह जिल्लामा पनि सक्रिय छ । संचारकर्मीको जिज्ञासामा बर्तमान जिल्ला अध्यक्ष मुक्तीराम पाण्डेले एक पटक फेरी पार्टीको नेतृत्व गर्ने इच्छा भएको प्रतिकृया दिएका थिए ।
अधिवेशनका लागि ९२ वटा वडा , ८ पालिका तथा विभिन्न पेशागत र जातीय मुक्री समाजबाट गरेर ७ सय ५१ जना प्रतिनिधी छनौट भएका छन् । जसमा १० प्रतिसत युवा र ३३ प्रतिसत महिला सहभागिता सुनिश्चित हुने जनाइएको छ । अधिवेशनले १ सय ५ सदस्सीय नयां समिति चयन गर्नेछ ।
- Advertisement -
- Advertisement -
- Advertisement -