27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 02:51

TRENDING .

राम्रो काम लगाईदिन्छु भन्दै यसरी काठमाडौंमै ‘सर्जिकल अट्याक’ गरेर किड्नी लुटियो !

- Advertisement -

काठमाडौं,पुस-१४ । गोरखा मुचोकका दीपक नेपाली रोजगारीका लागि पोखरामा बस्दै आएका थिए । मजदुरी काम गर्ने १९ वर्षका उनको भेट कास्कीका भीमप्रसाद न्यौपानेसँग भयो ।

राम्रो जागिर लगाइदिन्छु, मेरो प्लाई उद्योग छ भन्दै गत साउनमा न्यौपानेले नेपालीलाई काठमाडौं ल्याए । उनले विकास भन्ने बिनुबहादुर तिमल्सिनासँग भेट गराइदिए । उनले काम दिलाउँछु भनेर प्लाई कम्पनी घुमाए ।
त्यसपछि दीपकमाथि सर्जिकल ढंगबाट आक्रमण भयो । भारतको अस्पतालमा होस खुल्दा उनको अप्रेसन भइसकेको थियो ।

‘कम्पनी सबै घुमिस्, अब काममा जानुपर्छ भनेर होटलमा खाजा खुवाउन लगे,’ दीपक सम्झन्छन्, ‘रक्सीमा ट्याब्लेट हालेर खुवाएर मलाई इण्डिया पुर्‍याए ।’

bikash-prakash-vim-prasad

बेहोस बनाएर दीपकलाई रातारात भारतको गाजियावाद पुर्‍याइयो र, त्यहीँ उनको मिर्गौला झिकेर बेचियो । उनी होसमा आउँदा आफूलाई अस्पतालको बेडमा पाए । आफ्नो दायाँ कोखामा चोट देखेर उनी छक्कै परे ।

विकासको समूहले उनलाई अँध्यारोमा तँलाई गुण्डाले चक्कु हान्यो र बेहोस बनायो, त्यसैले उपचार गर्न ल्याएको भने ।

झण्डै दुई महिना उपचारपछि उनी ठीक भए । नेपाल आउने बेलामा उनका हातमा २८ हजार राखिदिए । ‘सर किन पैसा दिएको’ भन्दा ‘तँलाई हामीले उपचार गर्दिहाल्यौं’ भन्ने जवाफ दिए ।

भारतबाट नेपाल आएको केही समयमै उनी बिरामी परे । र, चितवन मेडिकल कलेजमा जचाउन गए । त्यसक्रममा चिकित्सकले तिम्रो त एउटा किड्नी नै छैन भनेपछि उनी छाँगाबाट खसेझै भए ।

दीपककै उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले विकाससहित किड्नी तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे महादेवस्थानका विकास सहित दोलखा भीमेश्वरका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपानेसमेत छन् ।

प्रहरीको अनुसन्धानका क्रममा मृगौला बेचविखनमा विकासहित ५ जनाको समूह सक्रिय रहेको पाइएको छ । दुईजना भने अझै फरार छन् । नारायण नेपाली र अमृत गुरुङ र डल्ली गुरुङ फरार छन् । डल्ली भट्टी चलाउने महिला भएको बताइएको छ ।

प्रहरीका अनुसार काठमाडौंमा बिकास र प्रकाशले ग्राहक खोज्थे । भीम न्यौपानेसँग मिलेर विभिन्न स्थानबाट जागिरको प्रलोभनमा परेर काठमाडौं ल्याउने काम गर्दै आएका थिए ।

यसरी ल्याइएका मानिसहरूलाई कामका लागि भनी स्वास्थ्य परीक्षण गरेर ब्लड ग्रुप पत्ता लगाउने गरेका थिए ।

उनीहरूले अहिसेसम्म ५ जनाभन्दा बढीको किड्नी झिकेको अनुसन्धानबाट खुलेको छ । किड्नी तस्करीमा संलग्नमध्ये भीमले करिव तीन वर्ष पहिले पैसाकै लागि आफ्नै किड्नी बेचेको पाइएको छ । त्यसपछि उनले यसलाई तस्करीको पेशा नै बनाए ।

प्रहरीका अनुसार यो समूहले ५ देखि ७ लाख रुपैयाँसम्ममा किड्नी बेच्ने गरेको पाइएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्