27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:49

TRENDING .

जब पिंजडाको सुगाले घर मालिक र घरेलु महिला कामदारबीचको सेक्स सम्वाद हुबहु नक्कल गर्यो

- Advertisement -

मानिसको जस्तै बोली निकाल्न सक्ने हुनाले पंक्षी जगतमा सुगालाई विशेष महत्व दिइन्छ । मानिसले जे बोल्यो त्यही शव्द र वाक्यको नक्कल गर्न सक्ने हुनाले सुगालाई पिंजडामा थुनेर उचित हेरचाहका साथ राख्नेसमेत गरिन्छ ।

नेपाल मात्र होइन, विश्वका अधिकाँश मुलुकमा सुगालाई विशेष महत्वका साथ पाल्ने गरिन्छ । तर, सुगाकै कारण एक व्यक्तिको राशलीला पर्दाफास भएको तपाईं पत्याउनु हुन्छ ? हो, कुवेतमा सुगाकै कारण एक जना घर मालिक र घरेलु महिला कामदारको यौन सम्बन्ध पर्दाफास भएको छ । सुगाले उनीहरुले अत्यन्तै गोप्यरुपमा गर्दै गरेको यौन सम्बन्ध पर्दाफास गरेपछि ती घर मालिक यति तनावमा परे कि, यो केस प्रहरीसम्म पनि पुग्यो । प्रहरीमा केस हाल्ने अरु कोही होइनन्, ती घर मालिककै श्रीमती थिइन् ।

भएको के रहेछ भने, ती पुरुषले आफ्नै घरमा काम गर्ने एक घरेलु कामदार महिलासँग अवैध यौनसम्पर्क राख्ने गरेका रहेछन् । यसबारे उनकी श्रीमती अन्जान थिइन् । ती पुरुष श्रीमती घर बाहिर निस्केको मौका पाउनासाथ घरेलु महिला कामदारसँग सेक्ससम्बन्धी रमाइलो कुरा गर्दै सेक्स सम्बन्ध राख्दा रहेछन् । त्यस्तो कुराकानी सुगाले नजिकै बसेर सुनिरहन्थ्यो ।

एकदिनको कुरा हो, ती व्यक्तिकी श्रीमती बाहिरबाट घर आइन् । सुगाले उनीहरुबीचको अन्तरंग सेक्स सम्वाद बोलिरहेको थियो । उनले चाख मानेर सुनिन् । जब पूरा कुरा सुनिन्, उनले आफ्नो श्रीमान र महिला कामदारबीच यस्तो सम्वाद भएको र अवैध यौन सम्पर्क पनि रहने गरेको निचोडमा पुगिन् । त्यसपछि उनी आफ्नो सुगालाई प्रमाणको रुपमा लिएर प्रहरी चौकीमा उजुरी गर्न पुगिन् । तर, प्रहरीले सुगाको बोलीलाई सबूत प्रमाणको रुपमा लिन मानेन ।

प्रहरीले सुगाले घरमालिक र महिला कामदारबीचको सेक्स सम्वाद बोलेकै आधारमा अदालतमा प्रमाणित गर्न नसकिने जिकिर ग-यो । सुगाले कुनै फिल्म वा भिडियोमा देखेर पनि त्यस्तो बोलेको हुनसक्ने प्रहरीको तर्क थियो । प्रहरीको तर्कका कारण घर मालिक जोगिए भने उनकी श्रीमती हेरेको हे-यै भइन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्