नवलपरासी ,पुस-१०, नवलपरासीको देवचुली नगरपालिका-६ कृतीपुरमा आईतवार नि: शुल्क स्वाथ्य शिविर भएको छ । शिविरमा २ सय ७३ जनाले जाच गराएका थिए । मदन भण्डारी स्पोर्टस एकेडेमी देवचुली नगर कमिटीको आयोजनामा कालीगण्डकी अस्पताल कावासोती र स्वाथ्यकर्मी संघ नवलपरासीको सहयोगमा शिविर संचालन गरिएको हो । शिविरमा कालीगण्डकी अस्पतालका डाक्टर गोपाल खनालको टोली तथा दुम्कौली प्राथमिक स्वाथय केन्द्रको टोलीले जाच गरेको थियो । एक महिना अघि गठन भएको एकेडेमीले ग्रामिण र विकट क्षेत्रका जनतालाई लक्षित गरि शिविर संचालन गरेको एकेडेमिका सचिव डि. आर. क्षेत्रीले बताउनुभयो । शिविर संचालन गरेकोमा स्थानीयले पनि खुसी व्यक्त गरेका छन । छोरीलाई जचाउन ल्याउनुभएका टेक वहादुर थापाले विकट गाउमा शिविर संचालन गरेर निशुल्क जाच गर्न पाएको र औषधी पनि निशुल्क पाएको भन्दै आयोजकलाई धन्यावाद दिनुभयो । शिविरमा खासगरि वालबालिका र वृद्धवृद्धाहरुले स्वाथय परिक्षण गराएका थिए । नि शुल्क रुपमा औषधी पनि वितरण गरिएको थियो । कार्यक्रम एमाले जिल्ला अध्यक्ष रोशन वहादुर गाहाको प्रमुख आतिथ्यता तथा एकेडेमीका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको थियो ।