एजेन्सी, सन् २०१६ फिल्म दुनियाका लागि महत्वपूर्ण रह्याे । बलिउडमा यो वर्ष थुप्रै फिल्मले रेकर्ड कायम गरे । राम्रो कमाइ गर्ने फिल्ममा सुल्तान, नीरजा र उड्ता पञ्जाब लगायतले नाम दर्ता गराएका छन् । यी पारिवारिक पृष्ठभूमिका फिल्म बाहेक बलिउडमा यो वर्ष केही हट अनि बोल्ड फिल्मले पनि बजार तताए ।
सन् २०१६ मा बलिउडमा हिट भएका १० बोल्ड फिल्म यी हुन् ।
इश्क जुनुन
बलिउडको पहिलो थ्रीसम फिल्म ‘इश्क जुनुन’ को ट्रेलर नै बोल्ड सिनले भरिएको थियो ।
एक युवतीको कथामा आधारित फिल्म हो, ‘इश्क जुनुन’ । उनी २ युवकको जालमा पर्छिन् । एउटासँग प्रेम गर्छिन् भने अर्काेलाई आफ्नो बनाउने चाहना राख्छिन् ।
थ्रीसमको अर्थ यस्तो सम्बन्ध जहाँ ३ जना सम्बन्धमा प्रत्यक्ष सहभागी हुन्छन्। फिल्म एडल्ट कन्टेन्टले भरिएको छ । फिल्ममा राजबीर सिंह, दिव्या सिंह, अक्षय रंगशाहीले अभियनय गरेका थिए ।
मस्तीजादे
पूर्व पोर्नस्टार सन्नी लियोनको ‘मस्तीजादे’ सेक्स–कमेडी फिल्मलाई सेन्सर बोर्डले सुरुमा जाँच प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।
सेन्सरका अनुसार फिल्ममा कतिपय दृश्य भारतीय परिवेश अनुसार निकै बोल्ड थिए । फिल्ममा सन्नीले कयौ पटक बिकिनी अनि चुम्बनको दृश्य दिएकी छिन् ।
फिल्ममा सन्नीको ‘लेले सिस्टर्स’ को डबल रोल छ, जो एक यस्तो संस्था चलाउँछिन् जहाँ सेक्स एडिक्ट मानिसको उपचार गरिन्छ । फिल्ममा सन्नीसँगै तुषार कपूर, वीर दास, सुरेश मेननले अभिनय गरेका थिए ।
आदित्य चोपडाद्वारा निर्मित ‘बेफिक्रे’ पारिवारिक दर्शकको लागि थिएन । त्यसैले पनि ‘बेफिक्रे’ मा कथा जस्तो कुनै चिज छैन ।
पात्रहरूको सोचसँगै प्रेम र दोस्तीको कन्फ्यूजन फिल्ममा देखाइएको छ । फिल्ममा धेरै ठाउँमा चुम्बनको दृश्य छ। फिल्ममा रणवीर र वाणीबीच २३ चुम्बनको दृश्य छ । फिल्ममा रणवीर सिंह, वाणी कपूर, अरमान रल्हान, आकर्ष खुराना, आयशा रजाको अभिनय छ ।
सन्नी लियोनीको अर्काे फिल्म ‘बेइमान लभ’ मा बोल्ड अनि हट दृश्य छन् । फिल्ममा सन्नीको विपरित रजनीश दुग्गल छन् । रजनीश र सन्नी यो भन्दा अघि ‘एक पहली लीला’ पनि सँगै काम गरेका थिए । निकै उत्तेजक दृश्य रहेको फिल्ममा सन्नी लियोन, रजनीश दुग्गल र डेनियल वेबरको मुख्य अभिनय छ ।
‘वजह तुम हो’ एक्सन थ्रीलर फिल्म हो । जसको पूरै कथा लाइभ मर्डर टेलिकास्टमा आधारित छ । फिल्ममा दिएको बोल्ड अवतारको कारण नायिका सना खान निकै चर्चामा रहेकी थिइन । सनालाई फिल्ममा अभिनय भन्दा पनि बोल्ड सिनको लागि छानिएको जस्तो अनुभुति हुन्छ ।
फिल्ममा सनासँगै गुरमीत चौधरी, शरमन जोशी, रजनीश दुग्गल, शर्लिन चोपडाको अभिनय छ ।
हरमन बवेजाका कजन जोनी बवेजाको फिल्म ‘अ स्क्याण्ड’ एक एडल्ट फिल्म हो। फिल्ममा सेक्स, बिकिनी, बोल्ड सनि अनि भद्दा गालीले भरिएको छ। फिल्म एक हत्या रहस्यमा आधारित छ ।
फिल्ममा रीत मजुमदार, मानव कौल, तन्वी व्यास कलाकार रहेका छन् ।
फिल्म ‘लभ के फन्डे’ मा पनि निकै बोल्ड सिन र दोहोरो अर्थ लाग्ने संवादका कारण सेन्सर बोर्डले ‘ए’ सर्टिफिकेट दिएको थियो । फिल्ममा शालीन भनोटम ऋशांक तिवारी, हर्षवर्धन जोशी, राहुल सूरी, समीक्षा भटनागरको अभिनय छ ।
ग्रेट ग्र्याण्ड मस्तीमा डबल मिनिङ संवाद अनि भरपुर बोल्ड सिन छन् । फिल्ममा भूत बनेकी उर्वशीले केही बोल्ड सिन दिएकी छिन्।
जसमा रितेश देशमुख, विवेक ओबरोय, आफताब, उर्वशी रौटेला, पूजा बनर्जीले अभिनय गरेका छन् ।
सन्नी र तनुज वीरवानीको ‘वन नाइट स्याण्ड’ एक रातको कथाको वरिपरि घुमेको छ । दुवै एक पबमा भेट हुन्छन् एक रातसँगै बिताउँछ् अनि फेरी अलगअलग हुन्छन् । फिल्ममा सन्नी र तनुजबीच निकै बोल्ड सिन देख्न पाइन्छ ।
विक्रम भट्टको निर्देशनमा बनेको ‘लभ गेम्स’ हाई प्रोफाइल पार्टीको पर्दा पछाडी लुकेको वास्तविकता र पत्नी साटासाटमा आधारित छ । फिल्ममा बोल्ड सिन र चुम्बनका दृश्य भरपुर छ । पत्रलेखा, तारा अलीशा बेरी र गौरव अरोराको अभियनय छ ।