8.1 C
Kathmandu
Flowers in Chania

नेपाली सेनालाई आफू मातहत शान्ति सेनामा पठाउन भारतको लबिङ

- Advertisement -

काठमाडौँ, पुस-८ । भारतले संयुक्त राष्ट्रंघीइ शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ ।

उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआइएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमाण्ड अन्तर्गन रहने गरी शान्ति मिसन लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाए पछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो ।

शुरुवातमा सार्क मार्फत राष्ट्रसंघ (युएन) को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दुरीपछि सार्ककै अर्को उपक्षेत्रीइ संगठन बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो । भारतले नेपालको राजनीतिक तहमा बलिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महत भारत भ्रमणमा निस्कनुअघि सेनाले आफ्नो सरोकार सरकारसमक्ष राखेको बुझिएको छ । मन्त्री महतले भने नेपालले शान्ति सेनामा पठाउने विषयमा हालको संरचनामा कुनै परिवर्तन नहुने बताएको छ ।

‘मैले युएनको भ्रमण गर्ने क्रममा महासचिवलाई नेपाललाई दिँदै आएको कोटा बढाउन र अधिकृतहरुलाई पनि कोटा दिन भनेको छु,’ मन्त्री महतले भने ।
कान्तिपुर दैनिकबाट

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्