8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

जनजाति महासंघमा सूर्य भुजेललाई हराउँदै जगत बराम विजयी (मत परिणाम सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन, पुस-६, चितवनको नारायणगढमा भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित हुनु भएको छ । गयराती भएको निर्वाचनमा कुल ३१ मतका साथ बराम अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गरे । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट मानिन्छन् । उनलाई माओवादी, संघीय समाजवादी फोरमलगायतका निकट जनजातिहरुको समर्थन रहेको थियो । भुजेल भने एमाले निकटका मानिन्छन् ।
यस्तै उपाध्यक्षमा खुल्ला तर्फ किरण सुनुवार (३३),  गोविन्द छन्त्याल (२८), लोकबहादुर दुरा (२७), गणेशलाल थकाली (२६), नविन रोका मगर (२६), सोनाम लामा वालुङ (२४), श्यामप्रसाद मण्डल (२३) र महिला उपाध्यक्षमा कृष्णकुमारी शेरचन (३६) मतका साथ विजयी हुनुभएको छ । महिलासहित ८ उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

यसैगरि महासंघमा महासचिवमा नित्यानन्द ताजपुरिया (३७) मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी टासी ह्याल्मो (१५) मत मात्रै ल्याए ।
यसैगरि पाँच जना सचिवमा आङ पासाङ शेर्पा (३२), गोपाल माझी (२६), दानसिंह राउटे (२२), सुखवीर थानी (२१), राजकुमार बोटे (२०) मत ल्याई विजयी हुनुभयो । सचिव पदमा ९ जनाको उम्मेदवारी परेको थियो ।
महिला सचिवहरुमा श्रतिमाया कुमाल (३९), शान्तिदेवी धिमाल (३५),  सकुमती राजवंशी (३३),  लाक्पा हिले शेर्पा (३०) मत प्राप्त गरि विजयी हुनुभयो ।
त्यसैगरि कोषाध्यक्षमा मुकुन्द बहादुर पहारी (३८) मतका साथ विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्द्ध प्रेमीलाल प्रसाद चौधरी (१५) मत मात्रै प्राप्त गर्नुभयो ।
निर्वाचनमा कुल ५६ मध्ये ५४ मत मात्रै खसेको थियो । निर्वाचित कार्यसमितिलाई विहानै सपथ ग्रहण गराईएको निर्वाचन समितिका मनोज घर्ती मगरले जानकारी दिनुभयो । यसपटक विधान संशोधनगरि १३ सदस्यीय समितिलाई १९ सदस्यीय बनाइएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!