8.1 C
Kathmandu
Flowers in Chania

कलाकारको पार्टी मोह…सरिता लामिछानेदेखि रीस्ता बस्नेतसम्म, कांग्रेसमा प्रवेश गर्दै

- Advertisement -

पुस-५, नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरु अहिले विभिन्न राजनीतिक दलमा प्रवेश गर्ने क्रम बढेको छ । गायिका कोमल वलीदेखि नायिका रेखा थापासम्म राप्रपा पार्टीमा प्रवेश गरिसकेका छन् । अन्य थुप्रै कलाकारहरु पनि यस अगाडि विभिन्न राजनीतिक दलको छातामुनि आवद्ध भैसकेका छन् ।

राजनीतिक दलमा प्रवेश गर्ने क्रममा अब कलाकार तथा नेपाल चलचित्र कलाकार संघकी महा-सचिव सरिता लामिछाने नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने भएकी छिन् । वुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाउँदै सरिता पार्टीमा प्रवेश गर्न लागेकी हुन् । साथै, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर वोगटी पनि कांग्रेस पार्टीमा प्रवेश गर्दैछन् ।

नायिका रीस्ता बस्नेत पनि देउवाको हातबाट टिका लगाउँदै कांग्रेस पार्टीमा प्रवेश गर्न लागेका छन् । यस्तै, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामादेखि अन्य दर्जन कलाकार कांग्रेस पार्टीमा प्रवेश गर्न लागेको वुझिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्