नवलपरासी, पुस-५, दयाराम आचार्य, नवलपरासीमा भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती खरकट्टा जंगलमा गएराति साढे नौ बजेको समयमा बसले ठक्कर दिदा नाम ठेगाना नखुलेका एक जना पैदल यात्रिको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षका पुरुषको बसको ठक्करबाट ज्याय गएको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको । प्रहरीका अनुसार अक्षर नखुलेको ७९८९ नम्बरको काठमाण्डौबाट बुटवल जादै गरेको बसले ठक्कर दिएको हो ।
यस्तै कावासोती १६ डण्डा हसबासी चोक भित्रि सडकमा लु २२ प ९५४६ मोटरसाईकल अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ ।
राति साढे ११ बजेको समयमा मोटरसाईकल अनियन्त्रित भई पल्टदा कावासोती नगरपालिका १४ का अन्दाजी २५ वर्षका मझिलाल गुरौको मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाईलक अनिन्त्रत भई किलामा ठोकिएर सो दुर्घटना भएको हो ।