४ पुस, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै अज्ञात समूहले गोली हानेको थियो । गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले जानकारी दिइन् । रातो पल्सर मोटरसाइकल चढेर आएका गोली चलाउने युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेको उपाध्यक्ष पन्तले जानकारी दिइन् । प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुन पक्राउ परेका छन् । युवा संघ उपाध्यक्ष पन्तका अनुसार अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ । रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो । रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले गोली हान्ने समूहको पहिचान नभएको र खोजी कार्यलाई तिव्रता दिइएको जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शिल गरिएको र सम्भावित स्थानमा खोजी तिव्र पारिएको छ । घटनाबारे बुझ्न पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी कमलसिंह बम पनि पोखराबाट बुटवल आउँदैछन् ।