पुस-४, कावासोती, बिबेक भण्डारी । नवलपरासीको देवचुलि नगरपालिकामा पुल भाचिए संगै त्यस क्षेत्रका स्थानिय धुलो बाट हैरान भएका छन । पुर्वपश्चिम राज मार्ग अन्तरगत पर्ने सो पुल मंसिर २६ गते मालवाहाक ट्रकले ठक्कर दिदा भाच्चिएको थियो । पुल भाच्चिए संगै बैकल्पीक मार्गको रुपमा खोलाको किनारबाट डाईभर्सन निर्माण गरि सवारि आवगमन गराइएको छ । बैकल्पीक मा धुलो उडेर यतिबेला सो बाटोको नजिक रहेका स्थानियलाई भने समस्या पारेको छ । घर नजिकैबाट बैकल्पिक बाटो निर्माण गरेर सवारीसाधान सञ्चालन गरिएको र नियमित रुपमा पानी हाल्न नसक्दा धुल्याम्य भएको छ। पुर्व पश्चिम राजमार्ग भएर गुड्ने हरेक सवारी साधनले उडाउने धुला धुवाले त्यस क्षेत्रमा आतंक नै फैल्याएको छ। नजिक घर भएका स्थानियका अनुसार धुलोका कारण आफुहरु घरबाट बाहिर निस्कन पनि नसकिने अवस्था सृर्जना भएको बताएका छन । खाना खान समेत समस्या भएको स्थानियको भनाइ रहेको छ । आफुहरुले सडकको धुलो खाएर बस्न नसकेर सडक डिभिजन संग कुरा गर्दा पनि कुनै बास्ता नगरेको बताएका छन । दैनिक हिड्ने सयौ सवारी साधनको आवागमनले घर समेत चिन्न नसकिने अवस्था आउन थालेको बताएका छन । स्थानियले धुलो सडकमा पानी हाल्ने व्यवस्था मिलाउन पर्ने बताएका छन । स्थानिय क्याप्टेन दिबहादुर के सीका अनुसार आफ्नो घर ड्राइभर्सन गरेको नजिकै रहेको हुदा आफुहरुको दैनिकी संञ्चालन गर्न समस्या परेको बताउनुभयो । के सीका अनुुसार धुलोको कारणले बच्चा , बृद्धबृद्दा विरामि समेत परेको र आफुहरुले लगाएको साग सब्जी पनि मर्न लागेको बताउनुभयो । स्थानियले सडक डिभिजन , नगरपालीका अथवा कोस्ले यो विषयमा हेर्ने हो छिटो भन्दा छिछो ध्यान केन्द्रत गर्नुपर्ने कुरा बताएका छन । यति यो विषयमा संबंधित निकायले समयमा हेर्न सकेन भने आफुहरुले सडक अबरुद्ध गर्न पनि पछि नपर्ने बताएका छन । त्यस क्षेत्रमा जोकोहि पनि केहि समय बस्ने हो भने चिन्नै नसकिने अवस्थामा पुग्ने देखिन्छ । आइतवार मुकुन्दसेन टेलिभिजनले त्यस क्षेत्रमा धुलोले स्थानियमा पुर्याएको असरको खोजि गर्दै जादा त्यस क्षेत्रका स्थानियलाई निकै सास्ती खेप्न परेको बताए । साथै आफुहरुको समस्यालाई संबन्धित निकार्यले बेवास्ता गरेको भन्दै आक्रोसित भएका छन । सडक विभागले यातायात सञ्चालन गर्ने भन्दै बाटो त बनायो तर यो बाटो निर्माण संगै बाटो नजिक रहेका घरहरुलाई कत्तिको असर पारेको छ भन्ने विषमा कुनै निकायले चासो दिन नसकेको बताए । स्थानिय स्थानियका अनुसार आफुहरुले सडक डिभिजन कार्यलयलाई सम्पर्क गरि धुलो नियन्त्रणमा केहि गर्नु पर्यो भन्ने विषयमा बुटवलबाट पानी ल्याउन नसकिने र स्थानियले आफ्नो समस्यालाई स्थानिय स्तरबाट नै हल गनुपर्ने भन्ने उत्तर पाएको स्थानियले बताए । बाटोले स्थानियलाई मात्र नभई यात्रा गर्ने यात्रुहरुलाई पनि समस्या पारेको यात्रुको गुनासो छ ।