8.1 C
Kathmandu
Flowers in Chania

रुपन्देहीमा आह्वान गरिएको तीन दिने आम हड्ताल आज राती १२ बजे देखि फिर्ता हुने(बिज्ञप्ति सहित)

- Advertisement -

बुटवल, पुस-३, रुपन्देहीमा आह्वान गरिएको तीन दिने आम हड्ताल आज राती १२ बजे देखि फिर्ता हुने भएको छ । संयुक्त संघर्ष समितिले विज्ञ्प्ती प्रकाशन गरी आन्दोलनका कार्यक्रम परिमार्जन गरेको छ । अनेरास्ववियु रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार राती १२ बजे पछि रुपन्देही वन्द फिर्ता भएको जानकारी दिनुभयो । विज्ञ्प्ती प्रकाशन गरी पुस ५ गते देखि १० गते सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । विज्ञ्प्तीमा पुस ५ गते युवा विद्यार्थीहरुको सिट्टी जुलुश प्रदर्शन गर्ने । (समय बिहान ठिक ९ बजे, स्थान  बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी), पुस ६ गते  बुद्धिजिवी, उद्योगी, व्यावसायीहरुको प्रदर्शन गर्ने ।  (समय   बिहान ठिक ९ बजे, स्थान बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी), पुस ७ गते  महिलाहरुको जुलुश प्रदर्शन गर्ने । (समय  बिहान ठिक ११ बजे, स्थान  बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी), पुस ८ गते  यस जिल्लाका सबै नगरपालिका र गाविसमा पुग्ने गरी वृहत मोटरसाइकल तथा साइकल ¥याली गर्ने । (यसको लागि सम्बन्धित गाविस र नगरपालिकाले समय र रुट सहितको रुपरेखा बनाउने), पुस ९ गते  दिनको १ देखी २ बजेसम्म राजमार्ग तथा सहायक मार्गहरुमा साना ठूला सवारी साधन प्रर्दशन गर्ने ।  बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, रुद्रपुर, सैनामैना र सालझण्डी) र पुस १० गते  रुपन्देही जिल्लाका राजमार्ग तथा सहायक मार्गमा पायक पर्ने स्थानहरुमा राष्ट्रिय झण्डा सहित उपस्थित हुने र ५ नम्बर प्रदेश विभाजन हुन नदिन सपथग्रहण गर्ने । विशेष गरेर बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, रुद्रपुर, शंकरनगर, सैनामैना र सालझण्डीमा अनिवार्य रुपमा कार्यक्रम गर्ने रहेका छन् । विज्ञ्प्तीमा आन्दोलनका माग सम्बोधन हुन नसकेमा त्यसपछि थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।butwal

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्