8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नेपालले मलेसियालाई १ विकेटले हरायो

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-३, श्रीलंकामा जारी यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। आइतबार कोलम्बोमा भएको समूह चरणबाटै बाहिरिएको नेपालले अर्को बाहिरिएको मुलुक मलेसियालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको हो। टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले मलेसियाबाट १५४ रनको मध्यम लक्ष्य पाएको थियो। मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७५ रन बनाएका थिए। मलेसियालाई मध्यम स्कोरमा रोक्न नेपालका आदिल खानले ३ तथा सन्दिप लामिछानेले २ र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। रोहितकुमार पौडेल, शुभंकर उराउ र पवन सरार्फले १-१ विकेट लिए। १५४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४.४ ओभर खेल्दै ९ विकेट गुमाएर विजयी भयो। नेपालको जितका लागि अनिल शाहले ३२, अभिनाश कर्णले २९, दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। यस्तै भारतविरूद्ध आक्रमक प्रदर्शन गरेका रोहितकुमार पौडेल १२ रनमा आउट भए। मलेसियाका विरनदिप सिंहले ३ तथा मोहम्मद हाफिज र सेयद आजिदले २-२ विकेट लिए।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!