8.1 C
Kathmandu
Flowers in Chania

आमहडताल फिर्ता जनजीवन समान्य बन्दै

- Advertisement -

पुस-३, पाल्पा, पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले गरेको आमहडताल फिर्ता लिएको छ ।

आज अपराह्न १ बजेदेखि आमहडताल फिर्ता लिइएको समितिले जनाएको छ । प्रदेश नं ५ बाट पाल्पालाई टुक्र्याएर प्रदेशन नं ४ मा राखिएकामा असन्तुष्टि जनाउँदै समितिले शुक्रबार र शनिबारका लागि आमहडताल गर्दै जिल्ला बन्द गराएको थियो । अखण्ड ५ नं प्रदेशको मागसहित भएको आमहडताल समितिले शनिबार बैठक बसेर आज अपराह्न देखि बन्द फिर्ताको घोषणा गरेको हो ।

समितिले संसदमा दर्ता भएको संशोधन विधेयक खारेज नभएसम्म अन्य रचनात्मक आन्दोलन जारी राख्ने निर्णय गरेको नेपाली काँग्रेसका सचिव झपेन्द्र गैरेले बताए। पूर्वी पाल्पाको रामपुर क्षेत्रमा भने शनिबार साँझ कोणसभा गरी बन्द फिर्ता लिइएपछि यहाँको जनजीवन समान्य बन्दै गएको छ ।

काँग्रेस, नेकपा (एमाले), राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी), अखण्ड नेपाल लगायत राजनीतिक दलले ऐक्यबद्धता जनाउँदै पहाडी जिल्ला पाल्पालाई तराईबाट अलग्याउन नहुने भन्दै बन्द विरोध जनाउँदै आएका छन् । रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्