8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

को बन्ला जनजाति महासंघको नयाँ अध्यक्ष ? नयाँ चयनमा कांग्रेस एमालेकै हालीमुहाली हुने संकेत

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन, पुस-३, चितवनमा शनिबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन अन्तरगत आज बन्द सत्र सुरु हुँदैछ् । यो पटकको महाधिवेशनले महासंघको विधान संशोधन सँगै तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । यसअघिको विधानमा १३ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर संघीयताकै खाकामा १९ सदस्यीय बनाउने तयारी भएको महासंघले जनाएको छ । आजको बन्द सत्रमा तीन वर्ष अवधिमा गरिएका क्रियाकलापको समिक्षा र भावी एजेण्डाको विषयमा वृहत छलफल जनाईएको छ । यसपटक चितवनमा भईरहेको नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनबाट अध्यक्षपदका लागि तीनजनाले उमेद्वारी दिने चर्चा चलेको छ । किरात राई समुदायवाट सर्बधन राईले उमेदवारी दिने चर्चा छ भने, भुजेल समुदायवाट सूर्यबहादुर भुजेलले उमेदवारी दिने चर्चा छ । यस्तै नित्यानन्द ताजपुरियाले पनि यो पटक अध्यक्ष पदका लागि उमेदवारी दिने चर्चा छ । उहाँ ताजपुरिया समाजकल्याण परिषद नेपालबाट महासंघको अध्यक्षमा उमेदवारी दिने तयारी गर्नुभएको छ । सकभर सहमतिमा नयाँ नेतृत्व चयन गर्ने आन्तरिक तयारी भइरहेको जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमालले जानकारी दिनुभयो । खुलेर पार्टीको जस्तो नदेखिए पनि यसपटकको नयाँ नेतृत्व चयन गर्दा पनि काँग्रेस, एमाले लगाएत अन्य पार्टीको प्रतिनिधिको रुपमा भिडन्त हुने धेरैले आकलन गरेका छन् । महाधिवेशनमा २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी भएको जनजाति महासंघका महासचिव पेम्वा भोटेले जानकारी दिनुभयो । महाधिवेशन पौष ४ गते सम्म नारायणगढ स्थित नारायणी कलामन्दिरमा चल्नेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!