पुष १ । कावासोती । गाउँ खेलकुद विकास समिति प्रसौनिको दोस्रो बैठक खेलकुद समितिका अध्यक्ष कृष्ण प्रसाद भूसाल को अध्यक्षता र चक्रपाणी पाण्डे को प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । क्षेत्र विकास कोसको १० लाख बजेट बाट क्षेत्रीय स्तरको खेल मैदान निर्माण तथा तारबार निर्माण गरिने भएको छ । जसका लागि निर्माण समिति समेत चयन गरीएको छ । जस्को अध्यक्षमा कृष्ण प्रसाद भूसाल , सचिवमा गिरिराज परियार , कोषाध्यक्षमा रोजिना गैरे , सदस्यहरुमा कविता आचार्य ,सविता आचार्य लगायत र अनुगमन समितिमा चक्रपाणी पाण्डेको संयोजकत्वमा धनकुमारी चौधरी , सल्लाहाकारमा तिलकराम देवकोटाको संयोजकत्वमा बसन्त बहादुर जिसि,हरि पाण्डे,मणिराम तिमिल्सिना,जोग बहादुर चौधरी,नन्दलाल चौधरी रहनुभएको छ ।