8.1 C
Kathmandu
Flowers in Chania

थाइल्याण्ड घुम्न चाहनेका लागी खुशीको कुरा पाईने भो नि शुल्क भिसा

- Advertisement -
थाइल्याण्ड घुम्न जाने पर्यटकहरुले भिसा शुल्क तिर्नु नपर्ने भएको छ। ३ महिनासम्म पर्यटकहरुलाई निशुल्क भिसा उपलब्ध गराउने थाइ सरकारको निर्णय अनुसार थाइल्याण्ड घुम्न जाने नेपालीहरुसँग  कुनै शुल्क नलिने नेपालस्थित थाइ दूतावासले जनाएको छ।
नयाँ राजाले राज्यारोहण गरेको अवसरमा थाइ सरकारले थाइल्याण्ड घुम्न आउने पर्यटकलाई सित्तैमा भिसा दिने निर्णय गरेको हो।  आगामी फागुन १७ गतेसम्म थाइल्याण्ड जाने पर्यटकहरुले भिसा शुल्क तिर्नु पर्दैन। त्यसपछि भने शुल्क बुझाएर भिसा लिनुपर्छ।
भिसा शुल्क वापतले थाइ राजदूतावासले ३ हजार ५ सय लिदैँ आएको थियो। पर्यटकिय गन्तब्य थाइल्याण्ड पछिल्लो समय नेपालीहरुको घुम्ने स्थल बनेको छ । एक महिनामा ३ हजारभन्दा बढी नेपालीहरु थाइल्याण्ड घुम्न जान्छन्।
पछिल्लो समय प्याकेजमा नै टुरको ब्यवस्था ट्राभल्स एण्ड टुर्स कम्पनीहरुले मिलाएका छन्। ४५ हजारदेखि ६५ हजारसम्म उनीहरुले प्याकेज ल्याएका छन्। थाइ सरकारले भिसा शुल्क नलिएपनि ट्राभल्स एण्ड टुर्स कम्पनीहरुले भने घुम्न जानेहरुसँग रकम लिइरहेका छन् । उनीहरुले प्याकेजमा समावेश भएको भिसा शुल्क हटाएका छैनन्।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्