27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 11:19

TRENDING .

टर्कीमा किन थुनिइन् माधव नेपालकी पत्नी गायत्री ?

- Advertisement -

काठमाडौँ, मंसिर-३० ।
टर्कीको स्तानुबुल विमानस्थालमा आफु माथि भएको ब्यबहार प्रति माधव नेपाल पत्नि गायत्री नेपाल(आचार्य) अझै तानवमा छन् । उनी अझै पनि सो घटनाबारे के भएको भन्ने निष्कर्षमा पुग्न नसकेको निकट स्रोतले बतायो । स्रोतका अनुसार उनी माथि भएको घटना एउटा संयोग वा षडयन्त्र जे पनि हुन सक्ने भन्दै उनले यसबारेमा सबै यर्थाथ थाहा नपाई कसैसग केही प्रतिक्रिया समेत नदिएकी हुन् ।

अमेरिकाको न्युअर्कोमा मंसिर ११ देखी हुने बल्र्ड पीस फाउन्डेशनको सम्मेलनमा भाग लिन पूर्ब प्रधानमन्त्री माधवकुमार नेपाल, उनकी धर्म पत्नि गायत्री नेपाल सहितको ९ जनाको टोली त्यस तर्फ प्रस्थान गरेको थियो । तर ट्रान्जिट मानिएको इस्तानुवल बिमानस्थामा नेपाल पत्नि गायत्रीको पार्सपोर्टमा त्यहाको सुरक्षा निकायले प्रश्न उठाए पछि उनी एकदिन पछि मात्र अमेरिका पुगिन् ।

टर्कीको व्यस्त स्तानबुल विमानस्थलको बिजनेस कक्षमा बस्दासम्म गायत्री आचार्य (नेपाल) लाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहै थिएन । जब उनी आफ्ना श्रीमान् माधवकुमार नेपालसँगै अमेरिकातर्फ जाने टर्किस एअरको जहाज चढ्न निस्किन, त्यतिबेला त ‘मिसेस आचार्य, मिसेस आचार्य’ भन्दै माइकमा नाम बोलाइरहेको रहेछ । त्यसपछि भने उनी आश्चर्यमा परिन ।

बुझ्दै जाँदा उनलाई अध्यायगमनका कर्मचारीहरुले सोधे ‘तपाईंको राहदानी हराएको वा चोरिएको थियो ? ‘उनले त्यो दुबै नभएको जवाफ दिईन। तर सुरक्षाकर्मीले त्यस कुरामा विश्वास गरेरनन। उनीहरुले नेपाललाई जानकारी गराए । ‘यो नम्बरको राहदानीको इन्टरपोलले खोजी गरिरहेको छ’ पूर्ब प्रधानमन्त्री नेपालले पनि सुरक्षा निकायलाई आफु नेपालको पूर्ब प्रधानमन्त्री भएको र उनी आफनो श्रीमती भएको भन्दै बारम्बर अनुरोध गरेका थिए । तर पनि सुरक्षा निकायले त्यो कुरा सुन्न चाहेन ।

नेपाल चढेर गएको टर्किस एआरलाईन्सका कर्मचारीहरुले पनि नेपालका कुरालाई पुस्टि गर्दै छोड्न अनुरोध गरेका थिए । यस्तो अबस्था देखेपछि साथमा रहेका अरु सबै छक्क परे । गायत्री नेपालसँग सामान्य होइन, कुटनीतिक राहदानी थियो र त्यसको अवधि एक वर्ष थियो । कहिल्यै हराएको वा चोरी समेत भएको थिएन । तर टर्किस अधिकारीहरु यो मान्न तयार भएनन् । उनीहरुले आफूहरुलाई प्राप्त निर्देशन मात्र नेपाललाई सुनाइरहे ।

अध्यागमनको सबै प्रक्रिया सकिइसकेको थियो र अरु मानिसहरु अघि नै विमानमा चढिसकेका थिए । नौ जनाको नेपाली टोली मात्रै बिजनेस लाउन्जबाट निस्किएको थिए । जहाज उड्नै लागेको सूचना आइरहेको थियो । सबैका सामु एअरलाईन्सका कर्मचारीहरुले प्रश्न सोधे- ‘क्लियरेन्स नभएसम्म उहाँ जान सक्नुहुन्न, अरु जाने कि यहीँ बस्ने छिटो निर्णय दिनूस, जहाजले कुर्दैन ।’ गायत्री नेपालको यो पहिलो अमेरिका भ्रमण थिएन, तेस्रो थियो ।

यसअघि दुई पटक अमेरिका जाँदा प्रयोग भएका कुटनीतिक राहदानीको म्याद सकिए पनि उनले साथैमा बोककी थिइन् । जुन सामान्यतः अरुले बोक्दैनन् । ती राहदानी र भिसा देखाउँदा पनि अधिकारीहरुले उनलाई छोडन, मानेनन् ।
त्यतिबेला त्यहाँबाट कतै सम्पर्क गर्ने स्थिति पनि थिएन । बाशिंगटनमा भोलिपल्ट पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व शान्ति सम्मेलनमा बोल्ने कार्यक्रम थियो । त्यसैका लागि टोली अमेरिका जान लागिरहेको थियो त्यसैकारण उनलाई छोडेर भारी मन लिएर माधव नेपाल अमेरिका उडे । गायत्री नेपाल त्यहीँ बसिन ।

गायत्रीको एकछिनपछि बल्ल नेपालमा सम्पर्क भयो र प्रहरी प्रधान कार्यालय र परराष्ट्र मन्त्रालयमा खबर हुँदा हल्लीखल्ली मच्चियो । दुबै निकाय तत्कालै जुटे र तीन घन्टामा इन्टरपोलबाट क्लियरेन्स आयो । अमेरिकी दूताबासले कुटनीतिक राहदानीमा लगाएको पाँच वर्षे भिसामाथि पनि शंका गरिएपछि राती नै वाशिंगटन र नेपाल दुबैतिरबाट लिखित र मौखिक रुपमा स्पष्ट पार्ने काम भएको थियो ।
राहदानी विभागका अधिकारीहरुले बताए अनुसार, सन् २०१४ मा हराएको कुनै व्यक्तिका राहदानीको नम्बरसँग गायत्री नेपालको नम्बर मिलेका कारण यस्तो दुर्घटना हुन पुगेको हो । गायत्री नेपालले त्यस बिषयमा अनेक प्रश्न उठाएकी छन् । त्यसरी कुनै राहदानी हराएको निवेदन कसैले दिएमा उसको राहदानी नम्बर मात्र होइन, नाम पनि साथमै पठाइन्छ ।

फलानो नम्बर र नामको राहदानी नभनी नम्बरको मात्र उल्लेख गरिँदैन । इन्टरपोलको शाखा टर्कीमा मात्र छैन, नेपालमा पनि छ । कसैको हराएको भनिएको नम्बरको जानकारी त्रिभुवन अन्तराष्ट्रि«य विमानस्थलमा पनि होला ।

तर, त्यहाँ किन जाँच गरिएन ? भन्ने प्रश्न समेत उनले उठाएकी छन् । गायत्री नेपाल टर्कीमा ओलिएको २-३ घन्टापछि मात्र यो घटना भएको छ । जबकि, कुनै कैफियत देखिएको थियो भने टर्कीमा इन्ट्री गर्ने बेलामै थाहा हुनुपर्ने उनले आफु निकटसग गुनसो गरेकी छन् ।

अन्नपूर्णपोष्टबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्