8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री बनेका प्रचण्डको सम्पति नै त्यत्ति हो त ?

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं,मंसिर-२९, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसंग कति सम्पति  होला ? जो कोहिको पनि अनुमान हुन्छ “धेरै नै होला” । तर सरकारले सार्बजनिक गरेको प्रधानमन्त्रीको सम्पति विवरण हेरेर तपाई छक्क पर्नु हुन्छ । प्रचण्डले आफ्नी सम्पति बिवरणमा आफु संग एक कट्ठा जमीन र तीन तोला सुन बाहेक अरु केहि सम्पति नभएको बताएका छन् । यस हिसाबले उनी सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री बनेका छन्  ।

पुर्व प्रधानमन्त्री सुशील कोइरालाले आफुसंग ३ थान मोबाइल सेट मात्र भएको सम्पति बिवरण पेश गरेका थिए ।  प्रचण्डले पेश गरेको सम्पति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन मात्र भएको उल्लेख गरेका छन् । यी दुवै पैतृक सम्पति रहेको समेत उनले उल्लेख गरेका छन्   । सार्बजनिक पद धारण गरेको ६० दिन भित्र सम्पति विवरण बुझाउनु पर्ने भए पनि उनले ४ महिना पछि मात्र सम्पति विवरण सार्बजनिक गरेका हुन्  ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!