मंसिर-२९, कावासोती, नवलपरासीको देवचुली-१५, सालघरिमा ट्याक्टरको ट्रली फुस्केर लाग्दा हिजो साँझ १ जनाको ज्यान गएकोछ । दलदले प्रहरीका अनुसार दलदलेबाट सालघारी जाने भित्रि सडकमा गुड्दै गरेको लु ३ त ४७५ न. टेक्टरको ट्रली उछिट्टीएर स्थानीय ६५ बर्षीय लेख बहादुर गाहालाई ठक्कर दिएको थियो । गम्भीर घाइते गाहाको देवचुली अस्पताल दलदलेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कावासोतीले जनाएको छ ।