8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नवलपरासीमा ट्रकले पुलमा ठक्कर दिदा पुल भाचियो, पुर्व पश्चिम यातायात अवरुद्ध (फोटो सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

pul-hulakiनवलपरासी , मंसिर-२६ , नवलपरासको देवचुलि नगरपालिका १३ दलदले स्थित बौलाहा खोलाको पुल भाचिदा पुर्व पश्चिम राजमार्ग अवरोध भएको छ । आज बिहान साढे तिन बजेको समयमा ना ६ ख ३०१७ नम्बरको खालि ट्रकले पुलको पुर्व पट्टिको भागमा ठक्कर दिदा बाया पट्टीको भाग १ फिट तल लच्केकोले गर्दा हेभि गाडि हरुलाई प्रवेशमा रोक लगाईएको छ ।
यात्रु बाहाक बसलाई भने यात्रु उतारेर पुलबाट आवत जावतको ब्यवस्था बिलाए पनि ट्रक पुलमा पल्टिएर बाटो २ घण्टा पुर्ण रुपले अवरुद्ध हुदा लामो लाम लाग्दा समस्या भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नयाव उपरिक्षक राजेश थापाले जानकारी दिनु भयो । पल्टिएको ट्रक भने सो स्थान बाट हटाईएको र पुल भाचिएको स्थानमा एक तर्फी रुपमा साना सवारी मात्र संचालनमा रहेका छन भने हेभि सवारी साधनको लागि बैकल्पिक बाटो निमार्ण कार्य अगाडि बढाईएको छ ।chakajam
पुलबाट ठुला सवारी चलाउन मिल्ने नमिल्ने यातायात बिभाग बुटवलबाट ईन्जिनियरको टोलि आए पछि र्निक्योल हुने र यातायाता बिभागको टोलि बुटवल बाट आउने क्रममा रहेको प्रहरी नायव उपरिक्षक थापाले जानकरी दिनु भयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!