8.1 C
Kathmandu
Flowers in Chania

कथा : प्रेमानुभुति

- Advertisement -

दीपक भराई
सायद प्रेम एउटामीठो अनुभुतिमात्रहो । यस्तो अनुभुतिजसलेमनलाई भित्रदेखि नै आनन्दितबनाउ“छ र एउटागहिरो  कल्पनाको सागरमाचुर्लुम्मडुबाइदिन्छ । मिलनको अर्थ के ?बिछोडको परिभाषा के ?मिलन केवलएउटाअवसर मात्रहोलाजहा“प्रत्यक्ष रुपमाआफ्नो मान्छेलाई प्रेमभावव्यmगर्न सकिन्छ । तर बिछोड……। बिछोडमापनि प्रेम , प्रेम नै रहन्छ । फरक यत्तिमात्रहो, विछोडमाप्रत्यक्ष रुपमा प्रेमभावव्यक्तगर्न सकिदैन । हुन त जीवनजटिल छ र यसको परिभाषापनि । अपरिभाषितजीवनमामहत्व राख्ने प्रेम, मिलन, विछोडहरुपनिअपरिभाषित नै छन् । विछोड के हो त?भौतिक रुपले मात्रआफ्नो मान्छे आ“फुसगनहुनु वाभावनात्मक सम्बन्ध नै नरहनु ।
प्रेममिलन र विछोडका परिभाषाहरु खोतल्दै र केलाउ“दै गर्दा रमेशलाई बाटो काटेको पत्तै भएन । उकोठामापुग्दा सुर्य पुरै अस्ताइसकेको थियो । को७ामाछिर्ने बित्तिकै उ खाटमाडर्लगं पल्टियो अनि सिरानीबाटएउटातस्विर झिकेर छातिमाटा“स्यो । घरि घरि उ तस्विर आखानजिकै लगेर हेर्दथ्यो र फेरी तस्विर छातिमै टा“सेर कोठाको सिलिङ हेर्दथ्यो । सायद सिलिगंले उसलाई आकाश सम्झाइदिएछक्यारे उ हतार हतार झ्यालको पर्दा खोलीआकाशचिहाउनथाल्यो । कालो आकाश डरलाग्दो देखिएर अहास गरिरहेको थियो । रमेशझस्कियो । एकपटकतस्विर हेरी मुसुक्कहास्यो र चुम्यो पनि । फेरी हतार हतार माथिक्षितिज हेर्यो ।भयानककालो आकाशलाई देख्यो उस्ले । उसकी सपनाबोकेर उडेको जहाजउसले देख्न सक्ने आकाशबाटटाढा गैसकेको थियो । आकाशझनै डरलाग्दो देखियो । ठुलो गर्जनका साथबिजुलीचम्केको भानभयो उसलाई । यस्तो आकाशयसले कहिल्यै देखेको थिएन । उआत्तियो । छट्पटियो ।सरक्कपर्दा तानेर खाटमाडर्लगं लड्यो ।के सोंच्यो खै, फेरी जुरुक्कउठीपर्दा तानेर आकाशनियालिरह्यो ।
पक्कै आजदुर्घटनाहुन्छ ।विहानैदेखि मेरो देब्रे आखाफर्फराइरहेको थियो । यस्तो कहालिलाग्दो आकाश……सायद यस्तो कहिल्यै थिएन र अवउप्रान्तयस्तो हुने पनि छैन होला । उ सशंकितहुनथाल्यो । बिस्तारै आखाघुमाएर उसले कोठाभित्र हेर्यो । उसले पुरै कोठाकालो कालो देख्यो । उस्लाई यस्तोलाग्यो की उ बादलभित्र बसिरहेको छ । उ झनै आत्तियो । हरियो दराज, रातो फूल, सेतो कमिज, सेताभाडाहरु, सम्पुर्ण कोठा नै कालो देख्यो ।
कुनै शंका छैन । आज केही न केहीअवश्यहुन्छ । दुर्घटना…..? हैन.. हैन…, मैले के सोंचेको यस्तो । तर यो कालोपन ….?उनीउड्नु र यो कालो आकाश संयोग मात्रहो त?दुर्घटना भैहाल्यो भने म…., मैले त उनीजहाजचढ्ने बेलामाउनको मुहार पनि राम्ररी हेरिन, हेर्न सकेको भएपो । केटामान्छेभनेर के गर्नु, आखामाआसु भएपछि । अब मैले उनलाई कहिल्यै हेर्न पाउन्न सायद……….।
रमेशमनोत्रासको भुमरिमा नराम्ररी फस्यो । उनिश्चिन्तभयो केही न केहीअवश्यहुन्छ । केहीअनिष्टपक्कै हुन्छ । उसको मुहारमाचिट्चिट् पसिना देखिए । उ रातो रातो भयो ।त्यो सा“झउसले आफ्नो चेतनाको अस्तित्वलाई मन र भावनाको अस्तित्वभित्रचुर्लुम्मडुबाइदियो । उ सोंचिरह्यो मात्र सोंचिरह्यो । उसको मनमामाया प्रेमकातर्कनाहरु आइरहे । आफु पनि अमेरिकाजाने, सपनालाई भेट्ने, धेरै पैसा कमाउने, सपनालाई अमेरिकामा नै बिहे गरी सुखददाम्पत्यजीवनबिताउने, अनि अरु के के के के । तर भयंकर कालो आकाश……?आजकिजहाहदुर्घटनाहुन्छ, किपहाडढल्छ, किसिगों आकाश नै टुक्राटुक्राहुन्छ । उसको मनभित्रशंकाको बादलझ्न कालो ह“ुदै मडारिन थाल्यो । सपनासग भेटहुने र बिहे गर्ने आफ्नो सपनामाथिशंकागर्न थाल्यो । उसलाई यस्तो लाग्यो कित्यहीदिन नै उसले सपनालाई देख्ने अन्तिमदिनथियो । बिस्तारै रातबढ्दै गयो तर पनि उ ढुक्कहुन सकेन । पर्दा पुरै बन्दथियो । उ यति डराएको देखिन्थ्यो किपर्दापिफर्केर पनि हेर्न सकेन । सोंच्दा सोंच्दाभोक लागेको पनिबिस्र्यो ।
कस्तो दुखान्त मृत्यु पाउने भइनउनले । खुशीसगै आएको दुखदअन्त्य र म बाचेर पनिलाश…..। जाने बेलामाआसु चुहाउदै भनेकीथिइन –हामीदुबै सगै जानपाएको भएकति रमाइलो हुन्थ्यो है प्यारे । उनले ठिकै भनिन । सगै मर्ने उनको इच्छाअन्जानमै भएपनिव्यक्त गरेकी रहिछन् । जहाजटुक्राटुक्राहोला, आगोको मुस्लो, उनी डढेर…… खरानी । मर्ने बेलामाकस्लाई सम्झिन्छे कुन्नि?मलाई सायद….. ।
एकदिन सपना रमेशको कोठामाथिइ । दुबै एउटै खाटमा । घरी घरी जिस्के जस्तो पनिगर्थे । रमेश सपनाको कपालतानिदिन्थ्योअनि सपनाउसको लामो नाक । एकछिनदुबै बोलेनन् । मौनतालाई चिर्दै रमेशले बिस्तारै आफ्नो हात सपनाको तल्लो ओंठतिर लग्यो । सपनाझसङ्गझस्के जस्तो गरी तर विरोध गरिन । बरु आफ्नो हातपनि रमेशको हातमाथिखप्ट्याइ । रमेशले आफ्नो ओंठ सपनाको ओंठनजिकै लग्दै थियो, सपनाहत्त न पतउम्केर अर्को खाटमापल्टिइ र भनी–बाबु दाउनहेर,नो चान्स विफोर मेरिज । रमेश केहीबोलेन, ह“ासेरै टार्यो । एउटाआत्मियर भावनात्मक प्रेममा देहको स्थानद्धित्तिय नै हुन्छ ।
रमेशले  रातबितेको पत्तै पाएन । मधुरो बत्तिमा सपनाको तस्विर हेर्यो । तस्विर अरु दिनको जस्तो थिएन । तस्विर कालो देखियो । अब उ बौलाहाझैं देखिनथाल्यो । खल्खल्तीपसिना, रातो अनुहार,त्रसितआ“खा, लथालिङ्गकपाल….। उ निरन्तर एक्लै बोलिरह्यो–आज केहीहुन्छ, पक्कै हुन्छ, दुर्घटना…सपना..सपनास“ग मैले के नै मायालाए“ र ? स“गै हिंडियो होला, गफगरियो होला, अरु के नै गरियो र ।म्वाईसम्मपनिखानदिइन, सा“च्चै सपनास“ग स“गै सुतेको भए……….नांगै उ कस्ती देखिन्थिकुन्नी…..उसको पनि त रहर थियो होला नि पुरुषको नाङ्गो शरीरस“ग……। आहाउसको शरीर, गयो बिनसित्तै, मरी सपना मेरा हजार सपनाहरु स“गै लिएर ।
बिहानको बासीभाततताएर थालमा राख्यो । भातमुछ्यो । मननलागिनलागिमुखतिर लग्यो । खा“दाखा“दै उ टक्क रोकियो । सेतो भात पुरै कालो देखियो । अबउसले भातमुखमालान सकेन । मुहारबाटपसिनाकाधारा निरन्तर छुटिरहे । उ डरलाग्दो देखियो । चिच्यायो बेस्सरी । दुईहातले आफ्नै कपालगिजल्यो । दा“तकिट्यो । ठ्याक्कै भुतजस्तै देखियो । फेरी बेस्सरी करायो अनिशान्तहु“दै भन्यो–हो हो हो, मैले स्वीकार गरें, स्वीकार्नै पर्छ मैले, मरी मेरी सपना, पड्क्यो उ चढेको जहाज, सकियो मेरो जिन्दगी, म एक्लै बा“च्छु, सुनिस ईश्वर…… म एक्लै बा“च्छु, जितिस मृत्यु तैंले, लगिस मेरो सपना, म हारें, हो म हारें सुनिस ……।
यत्तिकैमाफोनको घण्टीबज्यो । रमेशले बिस्तारै फोनतिर टाउको घुमायो तर झफोन उठाउन सकेन । फोन बजिरह्यो । फोन उठाउन मनै लागेन । मानौं, उसकी सपना लगेको खबर सुनाउन मृत्यु उसलाई फोन गरिरहेछ । निरन्तरको घण्टीपछिलामो सास फेरी छातिफुलाउ“दै उसले फोन उठायो । उ केहीबोलेन । केवलफोनको रिसिभर बेस्सरी समाएर सुनिरह्यो अनि त्यसैलाई चुम्नथाल्यो–मेरी सपना, मेरी सपना । उसको अनुहार सामान्यबन्दै गयो । आफूले लगाइरहेको कालो गगझिकि टेबलमा राख्दै भन्यो–उफ्, आज मेरो मनले चेतनालाई चुर्लुम्मै डुबाइदिएछ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्