8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

Update: दाहालको बिरोधमा धनगढी तनाबग्रस्त, जिल्ला अध्यक्ष सहित ७० एमाले कार्यकर्ता पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

धनगढी, मंसिर-२२ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोधमा प्रदर्शनमा उत्रिएका कैलाली जिल्लाका एमाले अध्यक्ष दीर्घ सोडारीसहित ७० नेता कार्यकर्ता पक्राउ परेका छन् । सुदुरपश्चिम महोत्सव उद्घाटनका लागि बुधवार अपरान्ह कैलाली पुगेका प्रचण्डलाई अबरोध गर्न खोज्दा उनीहरु पक्राउ परेका हुन् । धनगढीमा शुरु भएको महोत्सव स्थ्ल बाहिरबाट एमालेका नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला अध्यक्ष सोडारीसहित सचिव रणवहादुर चन्द,यज्ञराज बास्तोला,युवा संघ केन्द्रीय सदस्य मदन रेग्मी, कैलाली अध्यक्ष चूडामणि भट्ट, बसन्ती चौधरी लगायत छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । एमालेले बुधवार धनगढी बन्द आह्वान गरेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!