कावासोती, मसिर-२०, नवलपरासी जिल्लामा एकै साथ नयाँ प्रमुख जिल्ला अधिकारी ( सिडियो ) र स्थानीय विकास अधिकारी (एलडियो) आएका छन । उनीहरु दुबै सोमबार हाजिर भएका छन् ।
गुल्मी जिल्लाबाट नवलपरासीको सिडियोमा उदयबहादुर रानामगर र बाँके जिल्ला विकास समितिबाट एलडियो जीवलाल भुसाल सरुवा भई नवलपरासी आएका हुन् ।
एलडिओ भुसाललाई योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थी र सिडियो रानालाई सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना लगाएतका कर्मचारीले स्वागत गरेका थिए । यसैबिच प्रमुख जिल्ला अधिकारी ( सिडियो ) रानामगरले नवलपरासीका पत्रकार हरुसंग नवलपरासीको समसामयिक बस्तुस्थितिका लाई मध्यनजर गर्दै यहि मंसिर २१ गते छलफल कार्यक्रमको आयोजना गरेकाछन ।