8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नहरहरूमा पानीसँगै नोट बग्न थाले

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि भारतको नहरहरूमा पानीसँगै नोट बग्न थालेको छ। नैनितालको हल्द्वानीस्थित कालाढुंगी क्षेत्रमा रहेको नहरबाट सोमबार पानीसँगै पाँच सय र हजार रुपैयाँको नोट बगेर आएपछि स्थानीयहरू दंग परेका छन्।

भारतीय सरकारले कालोधनमाथि अंकुस लगाउन गत महिना पाँच सय र हजार रुपैयाँको पुरानो नोट नचल्ने घोषणा गरेपछि देशभित्र अन्यौलको स्थिति छ। नहरमा अत्याधिक मात्रामा नोट फेला पर्न थालेपछि गाउँलेहरूको भीड लागेको थियो। स्थानीयवासीका अनुसार नहरबाट नोट निकाल्न दुई किलोमिटरसम्म मानिसहरूको भीड लागेको थियो। नदीबाट केहीले ५ सयका नोट दुई लाख रुपैयाँसम्म नगद निकालेका थिए।bharu-not

यो घटनाका कारण सडक जाम भएपछि स्थानीय प्रहरी र विशेष प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ। स्थानीय काठघरियाका मानिसले विहान ६ बजेदेखि नै नहरमा रुपैयाँ बगेर आएको आफूहरूले देखेको प्रहरीलाई जानकारी दिएका छन्। हाल भारतीय गुप्तचर विभाग भने रुपैयाँ कहाँबाट आयो भन्ने कुरा पत्ता लगाउने अभियानमा जुटेको छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!