27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:10

TRENDING .

एमालेले दोहोरो चरित्र देखायो आन्दोलनमा सहभागी हुन्नौ : कांग्रेस रुपन्देही (विज्ञ्प्ती सहित)

- Advertisement -

भैरहवा, मंसिर-१९, संविधान संशोधन प्रस्तावका बिषयमा नेकपा एमालेले दोहोरो चरीत्र देखाएर जनतालाई अलमलाउन खोजेको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस रुपन्देहीले आज बिज्ञप्ती जारी गर्दै जनतालाई दुविधा पैदा गर्ने निहीत स्वार्थमा एमालेले गरिरहेको आन्दोलनमा सहभागी नहुन समेत आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।

पाचँ नम्वर प्रदेशबाट पहाडी जिल्ला अलग गराउने गरी एमालेले पहिलेनै संशोधन प्रस्तावमा हस्ताक्षर गरेको भन्दै कांग्रेस रुपन्देहीले जनता सामु दोहोरो चरीत्र नदेखाउन समेत एमालेलाई आग्रह गरेको छ । २०७१ कार्तीक १७ मा तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुसिल कोईराला नेतृत्वमा रहेको संयुक्त सरकारमा नेकपा एमाले समेतले सवैधानीक राजनीतिक सवांद तथा सहमती समीतीद्धारा प्रस्तावित सात प्रदेशको अवधाराणामा लुम्विनी प्रदेशमा नवलपरासिको दाउन्ने पश्चिम रुपन्देही, कपीलबस्तु, दाङ, बाकें, बर्दीया रहने प्रस्तावमा एमालले समेत हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख छ ।

उक्त प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन राप्रपा नेता एवं पुर्व प्रधानमन्त्री स्वर्गाीय सुर्य बहादुर थापा लगायतले हस्ताक्षर गरेका छन् । त्यतीबेला आफैले हस्ताक्षर गरेर प्रस्ताव अगाडी बढाउदा देश बिखण्डनमा नजाने तर अहीले प्रस्ताव दर्ता भएपछि देश बिखण्डनमा जान्छ भन्नु एमालेको दोहोरो चरीत्र भएको र यो राजनीतिक नैतीकता  भन्दा बाहीरको कुरा भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

देशलाई अप्ठ्यारो परेको बेला नेपाली कांग्रेसले नेतृत्व लिएको भन्दै उनले अहीले पनि संविधान कार्यान्वयन हुन्छ, चुनाव हुन्छ, आन्दोलनरत मधेसी मोर्चा सहमतीमा आउछन् भने देशलाई निकास दिनकोलागी नेपाली कांग्रेस रुपन्देही संशोधन प्रस्तावको पक्षमा रहेको सभापति रज्जाकले बताए । संसदबाट संशोधन प्रस्ताव पारीत हुने अवस्था देखेपछि एमालेले जनता भड्काउन खोजेको उनको आरोप छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्