27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 09:37

TRENDING .

नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड

- Advertisement -

मंसिर-१६, परासी । नेकपा एमाले नवलपरासीको पार्टी कार्यालयमा आगलागिको प्रयास भएको छ । सदरमुकाम परासीमा रहेको पार्टी कार्यालयमा गएराती अज्ञात समुहबाट आगोलागिको प्रयास भएको बताईएको छ । मिनिरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा आगोलागिको प्रयास गरेको देखिएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिनुभयो ।

रातीको समयमा आगोलागि गरिएकाले कस्ले र किन आगो लगायो भन्ने बारेमा एकिन नभएको उहाँको भनाई छ । सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुन सक्ने संयोजक पासीले बताउनुभयो ।

दुई तले उक्त भवन एमालेको निजि भवन हो । आगोलागिबाट भवनको भुईतलाको झ्याल डढेको छ भने झयालका सिसा फुटेका छन । च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको छ ।

नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रो पटक हो । यस अघि पनि गत वर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा पनि एमालेको पार्टी कार्यालयमा तोडफोड भएको थियो भने २०६७ बैशाख १० गते माओवादीका कार्यकर्ताले समेत सो भवनमा आगो लगाएका थिए । सो क्रममा दुई जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने १२ जना घाईते भएका थिए ।

एमालेको लोकप्रिय देखेर आतंकिन भएका समुहले आगोजनि गरेको हुन सक्ने भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवँ नवलपरासी ईन्चार्ज तिलक महतले घटनाको घोर भत्सना गर्दै दोषि पत्ता लगाई कारवाहि गर्न नेपाल सरकार र स्थानीय प्रसासन सँग जोडदार माग गर्नुभएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्