8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

नेविसंघको बन्दसत्र अनिश्चित भृकुटीमण्डपमा असुन्तुष्ट पक्षको नाराबाजी

- Advertisement -
- Advertisement -spot_imgspot_img

२५ साउन । प्रतिनिधि छनौटको विवादको टुंगो नलाग्दा नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

सोमबार स्थगित गरिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुने भनिएपनि प्रतिनिधि विवाद नसुल्झिदा अनिश्चित भएको हो ।
नेविसंघका प्रवक्ता यूपी लामीछानेले भने ‘प्रतिनिधि विवाद नसुल्झिन्जेलसम्म बन्दसत्र सुरु हुँदैन, हामी छलफलमै छौं ।’

९ वर्षपछि साउन २३ गते सुरु भएको नेविसंघको महाधिवेशन २५ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने भनिएको थियो । तर, २२ जिल्ला र त्रिभुवन विश्वविद्यालय लगायतका क्याम्पसहरूबाट आएका प्रतिनिधि कसरी भागबण्डा गर्ने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहमति हुन सकेको छैन ।[ad id=”7822″]

प्रतिनिधि विवाद मिलाउन २२ जिल्ला र त्रिभुवन विश्वविद्यालयसहितका क्याम्पसको कार्यसमिति भंग गर्नु पर्ने प्रस्ताव सोमबार आएको थियो । तर उक्त प्रस्ताव संस्थापन पक्षले अस्वीकार गरेको नेविसंघ स्रोतले जनाएको छ ।

‘२२ जिल्लामा विवाद छैन, ११ जिल्लामा मात्र विवाद हो, संस्थापन पक्षका एक नेताले भने –‘उहाँहरुले भनेझै नेतृत्व भंग गर्न सकिन्न ।’
यता, असन्तुष्ट पक्षका एक नेताका अनुसार विधिवत रुपमा महाधिवेशन हुन सक्दैन । ‘उहाँहरु विवाद छैन भन्नुहुन्छ, विवाद नटुंगिदै हामीले पलेर महाधिवेशन सुरु गर्नुभयो,’ उनले भने –‘राजतीतिक भागवण्डाका आधारमा समायोजना गरेर विवाद टुंग्याउन सकिन्छ ।’

विवादित जिल्लाको नेतृत्व ३ महिनाका लागि भंग गरेर पुनः अधिवेशन गर्ने र २÷३ थरी प्रतिनिधि आएका जिल्लामा भागवण्डा गरेर जान सकिने बाटो रहेको उनले बताए ।

सुर्खेत, रौतहट र भक्तपुर,सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्ब, कास्की लागयतका २२ जिल्लाबाट प्रतिनिधिको २ देखि ४ थरीसम्मको लिस्ट आएको छ । यता, गणेश सापकोटा र रत्नहरि ढुंगेल आमरण अनसनमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको विवाद समाधान गर्न नेता प्रकाशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गरेका थिए । उक्त समितिले विवाद समाधान गर्न छलफल गरिरहेको जनाएको छ ।

महाधिवेशन भएको २ दिन वित्दा पनि बन्दसत्रको टुंगो नलाग्दा जिल्लाबाट आएका प्रतिनिधिहरू निर्वाचन हुने नहुनेमा अन्योलरत छन् ।
नेविसंघका नेता जीत शेरचनले प्रतिनिधि विवाद टुंग्याएर सहमतिका आधारमा अगाडी बढौं भन्दा पनि वर्तमान नेतृत्वले नमान्दा समस्या बल्झेको बताए । प्रतिनिधि कार्ड वितरण पनि विवादका प्रभावित भएको छ ।
भृकुटीमण्डपमा असुन्तुष्ट पक्षको नाराबाजी
आफूहरुको माग पूरा गर्नुको साटो महाधिवेशन लम्ब्याउन खाजेको भन्दै नेविसंघको असुन्तुष्ट पक्षद्वारा मंगलबार महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी गरेका छन् । कुन्दन काफ्ले नेतृत्वको पक्षले नाराबाजी गरको हो ।

वर्तमान कार्यसमितिले विवाद समाधान गर्नुको साटो महाधिवेशन लम्ब्याउन खाजेकोले नाराबाजी गरिएको नेविसंघका नेता जीत शेरचनले बताए । नेविसंघको १० औै महाधिवेशन २०६४ सालमा चितवनमा भएको थियो ।

त्यसयता महाधिवेशन हुन सकेको थिएन । समयमै बन्दसत्र सुरु गर्नु पर्ने लगायतका माग राख्दै विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।

३ हजार ४ सय महाधिवेशन प्रतिनिधि रहने भनिएको नेविसंको महाधिवेशनले १ सय ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!