8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

नवलपरासीका विपन्न परिवार आयमुलक काम सुरु गर्दे

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरु शर्मा ः परासी जेठ २७ बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन नसक्ने र आफैले लगानी गरेर आय मुलक काम गर्न नसक्ने नवलपरासीका विपन्न परिवारले अब भने सानो लगानीको व्यावसाय सजिलै गर्न सक्ने भएका छन् । गरिबी निवारण कोष अन्तर्गतको घुम्ती लगानी कार्यक्रम मार्फत सजिलै र सस्तो व्याजदरमा ऋण पाएपछि उनिहरुले थोरै लगानीमा हुने व्यापार व्यावसाय र कृषि मुलक काम आफैले गर्न सक्ने बताएका हुन् ।

घुम्ती लगानी अन्तरगत नवलपरासीको गेर्मी र पाल्ही गाविसका अति गरिब परिवारलाई उनिहरुले गर्न खोजेको व्यावसाय अनुसार १० देखि ४५ हजार रुपैया सम्म वितरण गरिएको हो । आम्दानीको स्रोत नभएका र आर्थिक स्तर न्युन भएका परिवारलाई आयमुलक काममा संलग्न गराउदैै गरिबी घटाउने र उनिहरुको आर्थिक स्तर बढाउदै लैजाने लक्ष्य अनुसार रकम वितरण भईरहेको छ । रकम पाएका विपन्न परिवारका सदस्यहरुले भैसीपालन, बाखा्रपालन, किराना पसल, माछापालन, श्रृगार पसल लगायतको काम गर्ने बताएका छन् ।

४५ हजार रुपौयाको चेक बुझ्दै पाल्ही गाविसका बेचनकुमारी पासीले भैसी किनेर दुधजन्य वस्तुको व्यावसाय सुरु गर्ने बताईन् । बाख्रा पालन गर्ने योजना बनाएकी कुन्तीकुमारी पासीले पनि १० हजार रुपैया पाएपछि अब छिटै खोर बनाएर व्यावासाय थाल्ने जानकारी दिनुभयो ।

विपन्न तथा गरिब परीवारको सामुदायीक संस्थाका सदस्यहरुको निणर्यको आधारमा  १५ प्रतिशत ब्याजमा सामुदायीक संस्थाका सदस्यहरुमा ऋण लगानी गरीएको हो । लालीगुराँस सामुदायिक संस्था पाल्हीका अध्यक्ष समेत रहनुभएका कान्तीले आफुसंगै समुहका अन्य सदस्यलाई पनि आयमुलक कामको लागि प्रोत्साहन गर्ने बताईन् ।

सहुलीयत दरमा पाएको ऋणबाट व्यासाय सुरु गर्न सकिने र आफुहरु संगठीत भएर  समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा पनि परीवर्तन ल्याउने समुहमा आवद्ध महिलाहरुले बताएका हुन् । साथै  आयमुलक काममा आफुहरु सक्रिय भएपछि बचत गर्ने बानीको पनि विकाश भएको मुन्की पासीको भनाई छ ।

ऋण लिएर कृषि मुलक व्यावसाय गर्न चाहने किसानको पुर्वाधार विकासका लागि दुध चिस्यान केन्द्र, सिचांईको लागी बोरिंग तथा शुद्ध खानेपानीको लागि पनि गरिबी निवारण कोषमा प्रस्ताव पेश गरिएको साझेदार संस्था ईन्द्रेणी सामाजिक विकाश मञ्चका कार्यक्रम संयोजक हेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । जिल्लाको सात वटा गाविसमा समुदायको आफ्नै लगानी २१ लाख ५६ हजार ७ सय र गरीबी निवारण कोषको ७३ लाख १० हजार ५ सय ४० गरी कुल ९४ लाख ६७ हजार २ सय ४० रुपैया बराबरको आयआर्जन मुलक कार्यक्रम इन्द्रेणी सामाजिक विकास मञ्च अन्र्तगत सञ्चालन भईरहेको छ । नवलपरासीको पाल्ही, गेर्मी, ठुलो खैरटवा, पक्लीहवा, गुठी प्रसौनी, हरपुर, कुडियामा पहिलो किस्ता बापत ५८ लाख ४८ हजार ४ सय ३२ रुपैया वितरण गरीने मञ्चले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!