8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नयां संबिधानले उद्योगिहरु उत्साही छौ ः बिनोद चौधरी

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र १८ । उद्योगपति विनोद चौधरीले नयां संबिधान जारी भए संगै आफु लगाएत उद्योगि ब्यवसायी उत्साही बनेको बताउनु भएको छ । बिगत लामो सम्मको प्रयासबाट बनेको संबिधानले प्राकृतिक श्रोत माथिको अग्राधिकार स्थापित गर्नु महत्वपूर्ण बिषय भएको दाबी गर्नुभयो । कावासोतीमा सञ्चारकर्मीसंगको  साक्षात्कार कार्यक्रममा अर्बपति चौधरीले यस्तो बताउनुभएको हो । पछिल्लो समय नेपाल बिभिन्न समस्याबाट गुज्रिएको र त्यसको समस्या समाधान गर्न राज्य गम्भिर नभएको आरोप लगाउनुभयो ।  मधेश आन्दोलन, भारतीय नाका बन्दी, र भूकम्पमा सबै एक भएर पुर्ननिमार्णमा जुट्नुपर्ने भएपनि त्यस तर्फ ध्यान केन्द्रित हुन नसकेकोमा दुख ब्यक्त गर्नुभयो । चौधरीले भूकम्प प्रभाबितहरु प्रभाबितहरुको लागि काम गर्न खोज्दा अनेक समस्या झेल्नु परेको उल्लेख गर्नुभयो । १० हजार घर निमार्ण गर्ने कार्यमा करीब २५ सय घर हस्तान्तरण गरेको र अहिले अन्य घरहरु निमार्णकै क्रममा रहेको जानकारी दिनुभयो । अर्बपति चौधरीले मानिसलाई आध्यात्म तर्फ केन्द्रित गर्न नवलपरासीको चौधरी ग्राम नजिकै धार्मिक सास्वत धाम निमार्ण गरिएको यसले नवलपरासीको धार्मिक महत्वलाई उजागर गर्ने दाबी गर्नुभयो । यसैगरी विनोद चौधरीको आत्मकथाको विषयमा मध्यविन्दु क्याम्पसमा बुक टक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी निरशाहले चौधरी खुल्ला विश्वविद्यालय रहेको वताउदै चौधरी लाई अध्ययन गरेर कहील्यै नसकीने वताउनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!