8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

मतदाता नामावली संकलन प्रभावकारी बनेन– जिल्लास्थित राजनीतिक दल

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा
जिल्ला निर्वाचन कार्यालय नवलपरासीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम प्रभावकारी नबनेको गुनासो बढेको छ ।  जिल्लामा फागुन २८ देखि पाँच वटा समूह बनाएर मतदाता नामावली संकलन सुरु गरिएको छ  । प्रचारप्रसार गरेर टोली नखटाउँदा अधिकाशं सर्वसाधारणको नाम संकलन हुन नसकेको भन्दै गुनासो बढेको हो । गाउँमा जाने टोलीबारे कार्यालयले राजनीतिकदल र अन्य संघसंस्थाहरुलाई जानकारी नदिई खटाएको भन्दै उक्त कार्यक्रमको राजनीतिकदलबाटै आलोचना आउन थालेको छ । सबैभन्दा बढी पहाडी गाविसका सर्वसाधारणहरु फोटोसहितको मतदाता नामावलीबारे अनविज्ञहुँदा संकलन हुन नसकेको पाईएको छ । जिल्ला निर्वाचनले फागुन २८ र २९ गते पहाडी क्षेत्रका १० गाविसमा नाम संकलन गरेको थियो । उक्त गाविसबाट करिब ५ सय ५० जनाको नाम संकलन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ अझ पनि सोही अनुपातमा नाम छुटेको  बताइएको छ ।
प्रचारप्रसार विनै कर्मचारी खटाएर नाम संकलन गर्दा अधिकाशंको छुटेको भन्दै नेपाली कांग्रेसको जिल्ला समिति बैठकले पहाडी क्षेत्रमा पुन ः संकलन गर्न माग गरेको  जिल्ला सभापति विष्णु लामिछानेले बताउनुभयो ।  विगतका वर्षहरुमा आयोगले राजनीतिक दल र संघसंस्था सँग अन्र्तकृया गरेर कार्यक्रम सञ्चालन गर्ने बताउँदै एमाले जिल्ला संगठन विभाग प्रमुख थानप्रसाद गैरेले अहिले भने त्यसो नगर्दा अधिकांशले नाम संकलन गर्न नपाएको बताउनुभयो । सञ्चारमाध्यमहरुको सहयोग लिएर कार्यक्रमबारे जानकारी दिन सकिने भएपनि कार्यालयले व्यापक प्रचारप्रसार नगर्दा नामावली संकलन प्रभावकारी नबनेको गैरेको भनाई छ ।  पहाडी क्षेत्रबाहेक अहिले सञ्चालन भएका गाविसहरुका स्थानीयहरुले पनि प्रचारप्रसार नभएकाले कार्यक्रमबारे जानकारी नभएको गुनासो गरेका छन् ।  जिल्ला निर्वाचन कार्यालयका नायब सुव्वा राजेन्द्र बस्नेतले राजनीतिक दल र संघसंस्थाहरुबीच अन्र्तकृया गरेर प्रचारप्रसारलाई व्यापक बनाउन नसकेको स्विकार गर्नुभयो ।  कार्यक्रम सुरु हुन पूर्व दलहरुलाई राखेर कार्यक्रम गर्ने सोंच बनाएपनि मधेस बन्दका कारण गर्न नसकिएको उहाले बताउनुभयो ।   पहिलो चरणमा पहाडी क्षेत्रमा कार्यक्रम सम्पन्न भएपछि अहिले नवलपुर क्षेत्रको क्षेत्र नं. १, २ र ३ मा नामावली संकलन सुरु भएको छ भने त्यसपछि परासी क्षेत्रको क्षेत्र नं. ४, ५ र ६ मा  चैत १८ देखि नामावली संकलन हुने नायब सुव्वा बस्नेतले जानकारी दिनुभयो ।  कार्यालयले गतवर्ष १८ हजार छुटेका मतदाताहरुको नामावली संकलन गरेको थियो । यसवर्ष भने   करिब २० हजारको संकलन गर्ने लक्ष्य राखेको कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म तीन लाख ४६ हजारको फोटोसहितको नामावली दर्ता जिल्ला निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!