8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

नवलपरासीमा अन्र्तराष्ट्रिय नाईट दुग्गी क्रिकेट प्रतियोगीता हुदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरस्वती शर्मा नवलपरासी ः चैत्र १६     नवलपरासीको सिमावर्ति गाविस रमपुरवांमा अन्तराष्ट्रिय नाईट दुग्गी क्रिकेट प्रतियोगिता हुने भएको छ । आज बसेको सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको बैठकले यहि चैत्र २६ गतेवाट रातिमा प्रतियोगिता गराउने निर्णय गरेको क्लबका अध्यक्ष क्यामुद्दिन अँसारीले बताउनु भयो । प्रतियोगितामा भारतको युपि र नेपालको नवलपरासी र रुपन्देहीवाट करिव २० टिमको सहभागि हुने क्लबले अपेक्षा गरेको छ । प्रतियोगिता रातिमा हुने भएकोले टाढावाट आउने खेलाडीहरुलाई खाना तथा बस्नको ब्यवस्थापनि मिलाईएको आयोजकले जनाएको छ । प्रतियोगिताको हरेक लिग म्याच भारत र नेपालका समुह विच खेलाईने छ ।  प्रतियोगितामा सहभागि हुन रु ८०० प्रवेश शुल्क राखिएको छ भने प्रथम हुने समुहलाई एल ई डि टिभि र हरेक खेलाडीलाई सिल्ड , प्रमाणपत्र तथा मेडल र द्धितिय हुने समुहलाई साइकल र प्रत्येक खेलाडीलाई सिल्ड , मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । गत वर्षपनि उक्त क्लबको आयोजनामा रातिमा दुग्गि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!