8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

साइन्टिस्ट नायक अक्षयको खतरानाक रूप

- Advertisement -
- Advertisement -spot_imgspot_img

बलिउडका सुपरस्टार अक्षय कुमार, रजनीकान्त अभिनित साइन्स थ्रिलर चलचित्र ‘२.०’ बाट तमिल चलचित्रमा आफ्नो अभिनयको सुरूवात गर्न लागेका छन् । यस चलचित्रमा नायक अक्षयले एक वैज्ञानिकको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा वैज्ञानिक बनेका अक्षयले आफ्नो यस भूमिकामा खतरानाक अवतारमा देखिने भएका छन् र उनको यो अवतार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्विर अक्षयको एक फ्यान क्लबले ट्वीटरमा सार्वजनिक गरेको थियो । यी तस्विरमा अक्षय निकै डरलाग्दा देखिएका छन् ।

akshay-kumar-2.0चलचित्रसँग जोडिएका व्यक्तिहरूका अनुसार अक्षय चलचित्रमा एक वैज्ञानिकको भूमिका निर्वाह गर्न लागेका छन् । अक्षयले यो भूमिका लागि आफ्नो रूप नै परिवर्तन गरेका छन् । यो भूमिकामा अक्षयको तस्विर बुधबार सार्वजनिक भएको थियो ।

चलचित्रका निर्माताहरूका लागि यो निकै आश्चर्यजनक थियो । तस्विर दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा खिचिएको हो, जहाँ चलचित्रको एक मुख्य दृश्यको छायांकन भइरहेको थियो । स्रोतका अनुसार दिल्लीमा चलचित्रको सुटिङ आगामी दुई सातामा पुरा हुनेछ ।

यसपछि शुटिङ युनिट सुटिङको लागि मोरक्को जाने छ । चलचित्रमा रजनीकान्तले ३० मार्चदेखि सुटिङ गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!