8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

सुम्निमा साकोस र ग्रामिण वहुउदेश्यीय सहकारीविच एकिकरण

- Advertisement -
- Advertisement -spot_imgspot_img

गैँडाकोट । सुम्निमा वचत तथा ऋण सहकारी संस्था गैँडाकोट र ग्रामिण वहुउदेश्यीय सहकारी संस्था कावासोतीविच एकिकरण भएको छ । आज विशेष साधारणसभा गर्दै संस्था एकिकरणको औपचारिक घोषणा गरिएको हो । एकिकरण तथा विशेष साधारणसभामा वोल्दै डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख वासुदेव भट्टराईले सुम्निमा र ग्रामिण सहकारी विचको एकिकरणले सहकारी एकिकरण अभियानमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । अब सहकारीको गुणात्मक विकासका लागि सहकारीविचको एकिकरण अपरिहार्य रहेको वताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि तथा नेप्स्कुन सञ्चालक सदस्य ईन्द्रराज ज्योति पौडेलले नेप्स्कुनले देशब्यापीरुपमा सहकारी एकिकरण अभियानलाई प्रवद्र्धन गरिरहेको वताउनुभयो । सवै वचत तथा ऋण सहकारी संस्थाले गुणात्मक सेवा दिनुपर्छ भन्ने मान्यता अनुसार सवै साकोसको एउटै कार्यप्रणाली, पोशाक तथा रंगको विकास गर्न लागेको पौडेले वताउनुभयो । कार्यक्रममा जिल्ला वचत संघ नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतम, सहकारी समन्वय मञ्च गैडाकोटका अध्यक्ष वेदप्रसाद गौडेल, उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचन, लगायतले सुम्निमा र ग्रामिण सहकारीविचको एकिकरणले सहकारी विकासमा उत्साह थपेको वताउनुभएको थियो ।
विशेष साधारणसभामा सुम्निमा वचत तथा ऋण सहकारी संस्थाका सचिब झलकराज पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिराम सापकोटाले आर्थिक प्रतिवेदन,  लेखासमिति संयोजक कविराज आचार्यले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सुम्निमा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीनिवास पौडेल र ग्रामिण वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण ढकालको संयुक्त अध्यक्षतामा भएको एकिकरण घोषणा तथा विशेष साधारणसभाले शेयर सदस्य र पुजी वढाउने निर्णय गरेको छ । दुई संस्था एकिकरण भई सुम्निमा ग्रामिण वचत तथा ऋण सहकारी संस्था वनेको कार्यक्रम संचालक जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो । विशेष साधारण सभाले संस्थाको विनियम एवं नीतिहरु परित गरेको छ । विशेष साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा श्रीनीवास पौडेल , प्रथम उपाध्यक्ष छाँयादत्त पाण्डे, द्धितिय उपाध्यक्ष लक्ष्मण रिजाल , सचिवमा झलकराज पौडेल, कोषाध्यक्षमा हरिराम सापकोटा, सहसचिवमा घनश्याम पौडेल, सदस्यहरुमा शालिकराम ढकाल, शोभानाथ गौडेल, देवी बराल, वेद प्रसाद न्यौपाने, गणेश उपाध्याय, निर्मला ढकाल, किशोर लम्साल रहेका छन् । यसै गरि लेखा समिति संयोजक कविराज आचार्य र सदस्यमा तुलसी प्रसाद श्रेष्ठ र जमुना लम्साल रहेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!