8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

नवलपरासी जिल्ला अदालतका कर्मचारीहरुको गुनासो÷ भत्ता नपाए काम बन्द गर्ने चेतावनी

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा
परासी, ३ चैत ः प्रोत्साहन भत्ता नपाउने भएपछि काम गर्ने उत्साहमा कमि आएको नवलपरासी जिल्ला अदालतका कर्मचारीहरुले गुनासो गरेका छन् ।
अतिरिक्त काम गरे वापत सरकारले उपलव्ध गराउँदै आएको प्रोत्साहन भत्ता यसवर्षको आ.ब. ०७२÷७३ देखि उपलव्ध नगराउने जनाएपछि उनीहरुले काम गर्न उत्साह घटेको भन्दै निराश भएका हुन् ।  प्रोत्साह भत्ता पाउनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएका न्यायपालिका र महान्याधिवक्ताको कार्यालयका कर्मचारीहरु मध्ये नवलपरासी जिल्ला अदालतका कर्मचारीहरु पनि फागुन ३० गतेदेखि हातमा कालो पट्टी बाँधेर कार्यालयको काम गर्दै आएका छन् । विगतका वर्षहरुमा प्रोत्साहन रकम पाउँदै आएपनि यसवर्षदेखि भने नदिएकाले आन्दोलनमा उत्रिनु परेको जिल्ला अदालतका शाखा अधिकृत काशिराम ज्ञवालीले बताउनुभयो । कामबढी लगाएर रकम दिन्न भन्नु न्याय संगत नभएको भन्दै ज्ञवालीले पैशा दिन नसके काम पनि लगाउनु नुहुने बताउनुभयो । कार्यालयलकी अर्की कर्मचारी पार्वतीदेवि श्रेष्ठले अरु विभागका कर्मचारीहरुलाई रकम दिएपनि न्यायलयकालाई नदिएर अन्याय गरेको गुनासो गर्नुभयो । कतिपयले साउनदेखिको प्रोत्साहन भत्ता निकालेर घर बनाउनेदेखि वैवाहीक कार्यक्रम अन्मानउने सोंचमा भएपनि रकम नपाउने भएपनि निराशा बनाएको श्रेष्ठको दुःखेसो छ ।
न्यायलय अन्र्तगतका पाँच वटा ट्रेड यूनियनहरुको आव्हानमा चैत ५ गतेसम्म कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका जिल्ला अदालतका कर्मचारीहरुले उक्त समयभित्र माग पूरा नगरे संगठनको निर्देशन अनुसार कार्यालयको काम बन्दसमेतको आन्दोलन गर्ने बताएका छन् ।  नवलपरासी जिल्ला अदालतमा पाँच जिल्ला न्यायधिशबाहेक ५५ कर्मचारीहरु आन्दोलित् छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!