24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

यु–१४ महिला फूटवल रौतहट सेमीफाइनलमा, झापा र मकवानपुर बराबरी खेले

- Advertisement -Flowers in Chania

प्रमोद अर्याल /  नवलपरासीको सुनवलमा जारी चौध वर्षमुनीका महिला खेलाडिविच जारी फूटवल प्रतियोगिताको मँगलवारको खेलमा रौतहट विजयी भएको छ । जित सँगै रौतहटले सेमीफाइनलमा आफूलाई सुरक्षित गरेको छ । कैलाली विरुद्धको खेलमा २ का विरुद्ध ५ गोल गर्दै रौतहटले जित हात पारेको हो । खेल सुरु भएको पहिलो मिनेटमै कैलालीकी महिमा चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन । उनले चौथो मिनेटमा पुन अर्को गोल गर्दै कैलालीलाई २–० को अवस्थामा पु¥याइन । खेलको ७ औँ मिनेटमा रौतहटका लागि रजनी थोकरले पहिलो गोल गर्न सफल रहिन । १ गोलले पछि परेको रौतहटको लागि १० औँ मिनेटमा रश्मीकुमारीले गोल गर्दै खेल बराबरी गरेकी थिइन । १० मिनेट भित्रै दुबै पक्षबाट २–२ गोल भएपछि खेल निकै रोमान्चक बनेको थियो । तर पहिलो हाफको २८ औँ मिनेटमा पुन रजनी थोकरले तेश्रो गोल गरेपछि रौतहटले अग्रता लिएको थियो । सुरुवातमा २–० ले पछि परेको टोलीले पहिलो हाफको समाप्तीसम्म ३–२ को अग्रता कायम गर्दै कैलालीमाथी दवाव कायम राखेको थियो । दोश्रो हाफको ७ औँ मिनेटमा रश्मी कुमारीले पुन अर्को गोल गरेकी थिइन भने खेलको उत्तरार्धतिर सिता कुशवाहले पुन १ गोल थप्दै रौतहटको जित सुनिश्चित गरेकी थिइन । जितसँगै रौतहट सेमीफाइनल प्रवेश गरेको छ । मँगलवार नै सम्पन्न अर्को खेलमा झापा र मकवानपुरले बराबरी खेलेका छन । सेमीफाइनल प्रवेशवाट वञ्चित दुबै टोली मात्र औपचारीकता पुरा गर्नको लागि मैदानमा उत्रिएका थिए । पहिलो हाफको पहिलो मिनेटमा झापाकी अन्जिता तामाङ्गले पहिलो गोल गर्दै अग्रता लिए पनि मकवानपुरकी शुशिला स्याङ्गताङ्गले ७ औँ मिनेटमा खेल बरावरी गरेकी थिइन । समुह सि वाट बाँके यसअघि नै सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा बुधवार नवलपरासी र बाँके भिडदै छन ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्