8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

नवलपरासी दक्षिणभेगका ६ गाविसहरुमा आयोग गठन गर्न माग

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी दक्षिणभेगका ६ गाविसहरुमा अधिकार सम्पन्न आयोग गठन गर्न माग गर्दै नवलपरासी क्षेत्र नं. ६ का सभासद् देवकरण जयसवालको प्रतिनिधि मण्डलले सोमबार भूमिसुधार मन्त्री रामकुमार सुव्वालाई ज्ञापन पत्र बुझाएको छ । लामो समयदेखि जोतभोग गर्दै आएपनि पूर्जा नहुँदा समस्या भएको भन्दै सभासदलाई लिएर स्थानीयवासीहरुको टोली काठमाण्डौं पुगेको थियो । २०५७ सालमा तत्कालि सरकारले उक्त गाविसहरुको समस्या समाधान गरि जग्गा दर्ता गर्न  ‘जग्गा दर्ता समस्या समाधान  समिति ’ आयोग गठन गरेको थियो । जसको जिल्ला अध्यक्ष दिपप्रकाश लोहनीलाई नियुक्त गरेर ति गाविसहरुमा पठाइएको थियो । तर उक्त आयोगले तत्कालिन समयमा सबै काम सम्पन्न गर्न सकेको थिएन । बाँकी रहेका काम सम्पन्न नहुँदा वर्षौदेखी स्थानीयहरु पूर्जाबाट वञ्चित भएकाले नयाँ आयोग गठन गरेर पठाउन टोलीले मन्त्री सुव्वासँग माग गरेको छ । २०२० सालदेखि बसोबास गर्दै आएका रुपौलीया र त्रिवेणी गाविसका स्थानीयवासीहरुले जग्गा जोतभोग गरे पनि पूर्जा पाएका छैनन् । त्यस्तै २०१७ सालमा नारायणी नदीमा आएको बाढीले कटान भएपछि जग्गा जोतभोग गर्दै आएका कुडिया, नर्सही, पक्लिहवा र गुठिप्रसौनीका स्थानीयहरुले पनि पूर्जा नपाउँदा भूमी अधिकारबाट वञ्चित भएको भन्दै तत्काल आयोगको गठन गर्न माग गरिएको सभासद जयसवालले बताए । ति गाविसहरुमा करिब ५ बढी पूर्जाबाट वञ्चित छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!