8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

बस्नेतले जग्गा सहयोग गरेपछि बिद्यालयको भवन निमार्ण हुर्दै

- Advertisement -
- Advertisement -spot_imgspot_img

अर्जुन सापकोटा
कावासोती  । पिठौली निम्न माध्यामिक बिद्यालयको भवन निमार्णको लागि आएको रकम फ्रिज हुने अबस्थामा पुगेको थियो । साढे ३ कठ्ठा जमिनमा फैलिएको बिद्यालयमा जग्गाको अभाबले खेल मैदान संगै बिहानमा प्राथना गर्न समेत कठिन थियो । जिल्ला शिक्षा कार्यालयले भवन निमार्णको लागि १३ लाख ५० हजार त निकासा गर्यो तर भवन निमार्ण गर्ने जग्गाको अभाबले गर्दा रकम फ्रिज हुने भन्र्दै बिद्यालयका पदाधिकारी चिन्तीत थिए । बिद्यालयमा कक्षा कोठाको अभाब हुदां र आएको रमक समेत सदुपयोग नहुने हो भन्ने चिन्ताले पिरोलेको समयमा शिक्षा पे्रमी चिन्ता बहादुर बस्नेतले करीब १० लाखको ३ कठ्ठा १४ धुर जमिन सहयोग गरेपछि बिद्यालय भवनको सिल्यान्स समेत गरियो । प्यूठान जन्मीएका बस्नेत हाल काठमाण्डौ बस्र्दै आएका छन् । उनको नवलपरासी संग पनि बिशेष साईनो छ । सोमबार सिल्यान्स गरिएको भवन जेष्ठ महिना भित्र सम्पन्न गर्न लक्ष्य लिईएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिवारीले जानकारी दिए । यस बिद्यालयमा बिशेष गरी थारु समुदाय तथा विपन्न परिवारका करीब २ सय वालबालिकाले अध्यन्न गर्ने गरेको बिद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद लामिछाने बताए । ९२ बर्षीय बस्नेत आफैले भवनको सिल्यान्स गर्दै उनले शिक्षा र स्वाथ्यको क्षेत्रमा सहयोग गर्न पाउदा आफुहरुलाई निकै गर्र्वको महशुस भएको बताए । वालबालिकाको भबिश्य शिक्षकको हातमा रहेको भन्र्दै उनले वालवालिका सफल बन्न सके मात्र शिक्षक र शिक्षाको सार्थकता हुने बताए । भवनको सिल्यान्स कार्यक्रममा साहित्यकार सदानन्द जौसी, भवन निमार्ण समितिका संयोजक ओम बहादुर कुंवर, लगाएतले बस्नेतले समाज परिर्बतनमा पुर्याएको योगदानको चर्चा गरेका थिए । ९२ बर्षिय बस्नेत अहिले पनि बिभिन्न सामाजिक काममा ब्यस्त हुर्दै आएका छन् । उनकै सहयोगमा यस क्षेत्रमा निकै राम्रा सामाजिक कार्यहरु हुर्दै आएका छन्

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!