जीवन न्यौपाने,
फाल्गुन ३०, नवलपरासी ।
“न्याय, मेलमिलाप र परिपुरण, दिगो शान्तिका लागी सत्य निरुपण भन्ने ” मुल नारा बोकेको सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालले आज नवलपरासीको सुनवलमा द्वन्द पिडित नागरीक समाज, मानव अधिकारकर्मि, पत्रकार तथा सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा माधवी भट्टाराइले उक्त आयोगको गठन प्रकृया, आयोगका उद्धेश्यहरु, कार्यहरु, माथी प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा बोल्नुहुँदै भट्टराइले सषस्त्र द्वन्द्वका क्रममा नि:शस्त्र व्यक्ति वा जनसमुदायविरुद्ध लक्षित गरी वा योजनाबद्धा रुपमा गरीएका मानव अधिकारको गम्भिर उल्लंघन सएमबिएन्धी हत्या, अपहरण तथा शरीर बन्धक्, अंगभंग वा अपांग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी, घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन, तथा अन्तर्आष्टृय मानवा अधिकार वा मानवीय कानून विपरीत गरिएका जुनसुकै किसिमका आमाअनवीय कार्य वा मानवताविरुद्धका अन्य जुनसुकै अपराध उक्त आयोगले सत्य निरुपण गर्ने बताउनुभयो । अन्तरकृया कार्यक्रमका सहभागिहरुले अन्य जिल्लाहरुमा जस्तै नवलपरासीमा रहेका द्वन्द्व पिडित व्यक्तिहरुका अवस्थाबारे जानकारी गराउदैँ पिडीतहरुलाई न्याय दिनका निमित्त आयोगले सत्य निरुपण गर्नमा जोड दिनुपर्ने बताएका थिए । राज्य पक्ष र तत्कालिन विद्रोह पक्ष नेकपा माओवादी बिच २०५२ साल फाल्गुन १ गतेदेखि चलेको सशस्त्र द्वन्द्व २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौताबाट टुंगिएको थियो र उक्त सम्झौता र नेपालको अन्तरिम संविधान, २०६३ मा सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरुका बारेमा सत्य अन्वेषण गर्न तथा समाजमा मेलमिलापको वातावरण निर्माण गर्न उच्चस्तरीय निरुपण तथा मेलमिलाप आयोगको गठन गरीएको थियो ।
- Advertisement -

- Advertisement -

- Advertisement -
