8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

कांग्रेसको खुला र प्रदेशको मतगणना आज पनि, भोलीसम्म सक्ने कस्को कति मत सुचिसहित

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली कांग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना आज पनि जारी रहने छ । शनिबार साँझसम्म १ हजार ५ सय मतको गणना भइसकेको र अब आधाभन्दा बढी मत गन्न बाँकी रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

शनिबार साँझसम्म गरिएको मतगणनाको मतपरिणाममा सबैभन्दा अगाडि खुमबहादुर खड्का रहेका छन् । उनले ८९८ मत प्राप्त गरेका छन् भने शेखर कोइराला दोस्रो स्थानमा छन् र ८८५ मत प्राप्त गरेका छन् । यसपछि तेस्रो स्थानमा प्रकाशमान सिंह रहेका छन् र उनले ८८० मत प्राप्त गरेका छन् ।

महाधिवेशनमा कुल तीन हजार १ सय ४८ मत खसेकाले मतगणना आज बेलुका अथवा भोलि बिहानसम्म गनिसक्ने निर्वाचन समितिको भनाइ छ । यसैगरी निर्वाचन समितिका अनुसार प्रदेशतर्फको मतगणना पनि जारी रहनेछ । यसअघि हिजोसम्म आरक्षणतर्फ महिला, दलित, जनजाति, मधेसीतर्फको परिणाम आइसकेको छ । मतपरिणामसम्म सभापति देउवा पक्षकै अग्रता रहेको छ ।

खुल्लातर्फको शीर्ष स्थानमा को-को छन्…
१. खुमबहादुर खड्का ८९८
२. शेखर कोइराला ८८५
३. प्रकाशमान सिंह ८८०
४. रमेश लेखक ८५१
५. पूर्णबहादुर खड्का ८४६
६. केवी गुरुङले ८४१
७. प्रदीप गिरी ८३९
८. प्रदीप पौडेल ८३७
९. बालकृष्ण खाँण ८३५
१०. विमलेन्द्र निधी ८३३
११. धनराज गुरुङ ८२४
१२. महेश आचार्य ८१५
१३. रामशरण महत ७८६
१४. बलबहादुर केसी ७८५
१५. विश्वप्रकाश शर्मा ७७१
१६. सुजाता कोइराला ७६६
१७. शङ्कर भण्डारी ७४९
१८. प्रकाशशरण महत ७४०
१९. एनपी साउद ७३०
२०. गोपालमान श्रेष्ठ ७३०
२१. चन्द्र भण्डारी ७२१
२२. मीनेन्द्र रिजाल ७१३
२३. ज्ञानेन्द्रबहादुर कार्की ७१३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!