8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

कावासोतीले पाएन गैंडाकोट उवा संघले महासंघको सम्बन्धन पायो

- Advertisement -
- Advertisement -spot_imgspot_img

गैंडाकोट उद्योग वाणिज्य संघ नवलपरासीले नेपाल उद्योग वाणिज्य महासंघबाट सम्बन्धन प्राप्त गरेको छ । सदस्यता प्राप्त गरेसँगै उक्त संघले अब महासंघका हरेक गतिविधि र कार्यक्रमहरुमा प्रत्यक्ष सहभागिता जनाउन पाउने भएको छ ।   संघका अध्यक्ष अमृत भट्टचनका अनुसार हालै सम्पन्न महासंघको बैठकले गैंडाकोटलाई आवद्धता गराएको हो । महासंघ सँग आवद्ध हुन नपाउँदा नवलपुर क्षेत्रका उद्योग र व्यवसायीहरु परासीस्थित उवासंघसँग समन्वय गर्दै आएका थिए । नवलपरासीमा परासी र नवलपुर क्षेत्र गरी १० ठूला उद्योगसहित ८ हजारबढी व्यवसायहरु रहेका छन् । अध्यक्ष भट्टचनका अनुसार सदस्यता प्राप्त पछि अब संघले उद्योग, व्यवसाय र व्यवसायीहरुलाई सदस्यता प्रदान गर्न सक्ने छ । भने नेपाल सरकारबाट प्राप्त गर्ने कार्यक्रम र आर्थिक सहयोग महासंघमार्फत् संघले सोझै पाउने छ ।  नवलपुर क्षेत्रका उद्योगी व्यवसायीहरुको संस्थागत काम गर्न भन्दै कावासोतीमा २० वर्ष अघिदेखि नवलपुर उद्योग वाणिज्य संघ गठन गरिएको छ ।  तर उक्त संघले भने अहिलेसम्म महासंघको सदस्यता पाउन सकेको छैन । जसका कारण उक्त संघ परासीस्थित संघको शाखाकै रुपमा सञ्चालन हुन बाध्य छ ।  लामो समयसम्म नवलपुर उवा संघले सदस्यता नपाएपनि गैंडाकोट क्षेत्रमा भने ठूला उद्योगहरु धेरै रहेकाले त्यसको आवश्यकता हेरेर महासंघले सदस्यता प्रदान गरेको अध्यक्ष भट्टचनको भनाई छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!