8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

मधेसवादीदलको बिरोधका बाबजुद नवलपरासी जिल्ला परिषद् सम्पन्न

- Advertisement -
- Advertisement -spot_imgspot_img

हरि शर्मा
Nawalparasi_1448073487परासी, २८ फागुन ः मधेसवादीदलहरुको बिरोधका बीच जिल्ला विकास समिति नवलपरासीको २४ औं जिल्ला परिषद् शुक्रवार परासीमा सम्पन्न भएको छ ।
इलाका स्तरमा छनौट भएका योजनालाई प्राथमिकता नदिई कर्मचारीहरुले आफुखुसी बाँडफाँड गरेको भन्दै मधेसवादीदलका जिल्ला नेताहरुले बिरोध जनाएका थिए । योजनालाई नसच्चाएसम्म परिषद् चल्न नदिने चेतावनी दिएपछि अन्य राजनीतिकदलहरुले मधेसवादीदलहरुको असन्तुष्टिलाई समेट्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलले तीनदलका जिल्ला नेताहरुले मधेसवादीदलहरुसँग गरेको प्रतिबद्धता पूरा गर्न योजनालाई संशोधन गर्ने जनाएपछि परिषद् सुचारु भएको थियो । स्थानीय विकास अधिकारी पौडेलले बजेट प्रस्ततु गरेर सकेलगत्तै हस्तक्षेप गर्दै मञ्चमा पुगेका संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले आफुहरुको सहमति बिना गाउँ स्तरबाटै योजना छनौट गरेकाले परिषद्को औचित्य नभएको भन्दै बिरोध जनाएका थिए । उनीहरुले जिविसले तयार पारेको बजेट नीति तथा कार्यक्रमको पुस्तिकासमेत च्यातेर आक्रोश पोखेका थिए ।
इलाका स्तरमा आएका योजनालाई पनि क्रमागत नमिलाई कम प्राथमिकता भएकालाई पहिलो र महत्वपूर्ण योजनालाई पछाडी पारेको मधेसवादीदलको आरोप थियो । आईतवारसम्म योजनालाई संशोधन गर्ने मधेसवादीदलहरुको मागलाई स्थानीय विकास अधिकारी पौडेलले प्रतिबद्धता जनाएपछि जिल्लाको बजेटलाई पास गरिएको थियो । त्यसपछि परिषद्मा आ.ब.२०७३÷०७४ का लागी प्रस्तुत गरिएको कुल ४ अरब ५४ करोड ७ लाखको बजेट पास गरिएको थियो । जसमा पूँजीगततर्फ १ अरब ४४ करोड १० लाख र चालुतर्फ ३ अरब ९ करोड ९६ लाख छुट्टाइएको छ ।
विनियोजित बजेटमा सबैभन्दा बढी जनसंख्या तथा सामाजिक विकास समितितर्फ २ अरब २० करोड ७६ लाख, पूर्वाधार तथा संरचना विकासतर्फ १ अरब ५७ करोड ८८ लाख, भूमितथा जलस्रोत विकासतर्फ ४१ करोड ७९ लाख, गैरसरकारी संस्थातर्फ १९ करोड ८५ लाख र कृषि वन तथा वातावरण विकासतर्फ १३ करोड ७७ लाख रुपैयाँ छुट्टाईएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!