8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

कपिलबस्तुका छुट्टाछुट्टै ३ स्थानमा आगलागी , २० लाख बढीको क्षती

- Advertisement -
- Advertisement -spot_imgspot_img

सनिउल्ला धोबी
Butwal-Aago1२९ फागुन, कपिलवस्तु । पिलबस्तुको छुट्टाछुट्टै ३ स्थानमा भएको आगलागीबाट एक दर्जन घरगोठ जलेर नष्ट भएका छन् । शुक्रवार साँझ जिल्लाको बलरामपुर गाबिस वडा नं. १ मा आगोलागी हुँदा ९ वटा घर र ४ वटा गोठमा क्षती पुगेको छ ।

बलरामपुरका सिताराम गेडिया, बर्शाती गेडिया, रामसुन्दर यादव, बुद्धराम यादव, रामसमुज यादव, पाटनधारी ढाडी र शंकर यादवको घरगोठमा आगलागी हुदां २० लाख भन्दा बढिको क्षति भएको महाराजगन्ज प्रहरीले जनाएको छ । उक्त ठाउमा लागेको आगो गएराती करिब ८ बजे नियन्त्रणमा लिइएको पहरीले बताएको छ ।

यस्तै बसन्तपुर ९ बहडिलवास्थित परशुराम यादवको घरगोठमा आगलागी हुदां १ लाख ६० हजार क्षति भएको प्रहरीले जनाएको छ । सो ठाउमा भएको आगलागी दिउसो ४ बजे कपिलबस्तु नगरपालिका तौलिहवाबाट गएको दमकल , प्रहरी तथा स्थानीयको प्रयासबाट नियन्त्रण लिइएकोे छ ।

त्यस्तै बुद्धबाटिका नगरपालिका ५ स्थित त्रिशुली सामुदायिक बनमा लागेको आगोलागीलाइ नियन्त्रणमा लिइसकिएको प्रहरिले बताएको छ ।

कपिलबस्तुमा आगलागीका घटनामा वृद्धिभएसँगै सचेतना मुलक कार्यक्रमहरु सन्चालन हुन थालेका छन । महाराजगन्ज गाविस, बलरमवापुर गाविसको सबै गाउबस्तिमा आगलागि हुन नदिनको लागि सचेतनामुलक माइकिङ कार्यक्रम गरिएको हो ।  माइकिङमा बालबालिकाले प्रज्वलासिल बस्तुहरु नभेटाउने ठाउमा राख्न, चुरोटको ठुटो निभाउन, हावाहुरि चलेको बेला आगोमा खाना नपकाउन, आगो प्रगोग गर्नसाथ निभाउनका लागि स्थानिय बासिन्दाहरुलाइ आग्रह गरिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!