8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

“प्रहरीमा भर्तिभए भने मलाई मेजर साब भनेर सलुट गर्छन ”

- Advertisement -
- Advertisement -spot_imgspot_img

दयाराम आचार्य
नवलपरासी,फागुन २७

सेतै फुलेको कपाल अनि सेतै फुलेको दाह्रि , उमेरले ६० नाघेका नरजित दमाई काधमा ढोलकी झुण्डाएर बजाउदै हिडछन । उनलाई  उमेरले कुनै प्रभाव पारेको छैन बाजा बजाउदै हिडनको लागि ।
२०११ सालमा पर्वतको ग्यादीमा जन्मिएका दमाई २०२२ सालमा नवलपरासी आईपुगेका थिए । पर्वतमा आफु ९ बर्षको हुदाखेरीनै शुरुमा झ्यालि बजाएको उनले बताए । आफ्नो बुबाले बाजा बजाउदै हिडने गरेकोले आफु पनि पछि पछि लागेर बाजा बजाउन हिडेको उनले बताए । त्यति बेला स्कुल पढाउने कुरानै गर्दैनथे ,स्कुल पढाएर के पाउछस ,गोठालो लगाईदे भन्ने गरेको उनले सम्झन्छन । तर आफु भने गोठालो बस्न भन्दा बाजानै बजाएर हिडन मन लागेर बाजा बजाउदै हिडेको बताए ।
९ बर्षको हुदा पञ्चे बाज बजाउन थालेका उनले झण्डै पचास बर्ष देखि बाजा बजाउदै आएका छन । ५० बर्ष सम्म पञ्चेबाजामा हुने झ्यालि,दमाहा,नर्सी¨ा ,ढोलकी,कर्नल र सहनी सबै बाजा बजाएको उनले बताए ।IMG_1532
पचास बर्ष देखि पञ्चेबाज बजाउदै आएका े बिषेश गरी दमाई समुदायमा रक्सी बढिखाने कारणले आफ्नो बाजाले ब्यवसायीकता हासील नगरेको उनले गुनासो गरे । रक्सी खाने समुहलाई नबोलाउने अरुले नरुचाउने गरेको उनले बताए । आफ्नो समुदायमा रहेको बाजा बजाउदै हिडनेहरुले रक्सी धेरै खादै हिडने गरेकोमा दमाई बाजा बोलाउन नखोज्ने गरेको उनले बताए ।
लघुउधोग दाउन्ने देवि नौमति बाजा समुहमा संगठित भएर पञ्चे बाजा बजाउदै आएका उनले हिजो आज आफ्नो समुहलाई रक्सी नखाने समुहको रुपमा चिनाउन थालेको छन । रक्सी खादैनन ,लगातार बजाउने र अनुशासनमा बस्ने समुह भनेर हामिलाई बोलाउछन दमाईले भने ।
“यो रक्सीले ज्यान पनि खान्छ ,यो रक्सीले पैसा पनि खान्छ ,बिरामी परीन्छ ,कसैले पत्याउदैनन भनेर रक्सी नखाने नखानेको समुह बनायौ” उनले भने ।
बाजा बजाएको यतिका बर्ष भएपनि बाजा बजाएरै जिवन धान्न भने धौ धौ हुने गरेको उनले बताए । आफ्नो समुदायले परापुर्व कालदेखि बाजा बजाउदै हिडेको भएपनि हिजो आज नया पिढिले भने यो बाजा बजाएर हिडन नखोज्ने गरेको उनले बताए । बिषेश गरेर अझैपनि तल्लो जातहो भनेर हेप्छन भनेर बाजा बजाउन नहिडने गरेको उनले बताए । पछिल्लो पिढी बाजा बजाउन नचाहनेकारण पनि अहिले आफ्नो समुदाय बाट यो बाजा बजाउने चलननै लोप हुने हो कि भन्ने उनलाई चिन्ता रहेको छ ।

“कामको नाम हो दमाई , हलो जोत्नेलाई हलि भने,हामिलाई बाजा बजाउदै हिडने ,सिलाई गर्ने हुदा पेशाको आधारमा दमाई भन्ने गरे , त्यति बेला यसैलाई जातको रुपमा नाम दिएको उनले बताए ।
“अगाडि लाग्ने जात पनि सानो जात हुन्छ , अहिले म प्रहरीमा भर्ति भए भने हवल्दार साप,मेजर साप भनेर सलुट गर्छन , बाजा लिएर हिडियो त्यसैले  कामको नामले पो दमाई भईयो ” उनले भने  ।
पहिले बाजा बजाउने दमाई भनेर हेपेर बोलाउथे ,खाना समयमा पाईदैनथ्यो हिजो आज दमाई दाई सम्म भन्ने गर्छन ,ब्यवहार पनि राम्रो देखाउछन पहिलेको भन्दा अहिले भने परीवर्तन आएको छ उनले बताए ।
यस्तै पहिले गाउनै बाडने गरेको फलानो गाउ यसलाई फलानो गाउ त्यसलाई भनेर बिष्ट बाडने गरेको उनले बताए । पहिले बाजा बजाउदै हिडका कुरा सम्झदै अहिले आएको परीवर्तन देखर उनि आफै पनि द¨ छन ।पहिला पहिला बाजा बजाउन हिडदा दुलहीको घरमा गएर जन्ति भतेर नउठाउन्जेल नाच्ने बाजा नबजाई भन्थे अहिले दुलाहाको घर पुग्ने बित्तिकै नाच्ने केटि छकि छैनन भन्ने गरेको उनले बताए । आफुहरु भने  पुरानो चलन अनुसार  बाजा बजाउदा केटि लीएर हिडने  नगरेको उनले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!