8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

सूर्य ग्रहण लाग्दा के के नगर्ने

- Advertisement -
- Advertisement -spot_imgspot_img

लामो समयपछि आज सूर्य ग्रहण लागेको छ । आज बिहान ५ बजेर ५७ मिनेटदेखि सुरु भएको खण्डग्रास सूर्यग्रहण नेपालमा ढिला देखिएको थियो ।  ज्योतिष सुनील सिटौलाका अनुसार नेपालमा सूर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष भएको छ ।

नेपालमा बिहान ६ बजेर २२ मिनेटपछि सूर्य ग्रहण पूर्ण देखिएको हो । बिहान ७ बजेर २ मिनेटमा सूर्य ग्रहण सकिएको छ। ६ बजेर २७ मिनेटमा यसको मध्य समय पुगेको थियो ।

सूर्य ग्रहण लाग्दा के के नगर्ने
प्रचलित ज्योतिष अनुसार ग्रहण लाग्दा चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ । जसलाई आधार बनाएर फल बताउँदा पूर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तिहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ । यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नुपर्छ ।

अन्य राशीहरुका लागि भने मेष लाई लाभ, बृष लाई सुख, मिथुनलाई मान नाश,

आज सूर्य ग्रहण, बिहान ७ बजेर २ मिनेटमा सकियो

कर्कटलाई कस्ट, सिहलाई स्त्रिपिडा, कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ । धार्मिक मान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नुहुँदैन । त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनुहुँदैन ।

यो ग्रहण जल तत्वराशिमा परेको छ। सम्हिता ज्योतिष अशुभ मान्दछ। जसको फल भूकम्प, सुनामी आउनेदेखि प्रसिद्ध व्यक्तिको हत्या एवम मृत्यु हुन सक्ने बताउँछ । यसैलाई आधार मानेर युरोपियन ज्योतिषले कुनै ठूलै व्यक्तिको हत्या हुन सक्ने भनेर भविस्यवाणी गरेको समाचार बेलायतको चर्चित पत्रिका मिररले छापेको छ ।

‘हाम्रोमा पनि ग्रहण देखिने इन्डोनेसिया एवम प्रशान्त एसियामा सुनामी र भूकम्पको खतरा ४ महिना सम्म रहिरहने देखिन्छ । त्यस्तै ग्रहणको मास फल विचार गर्दा भारत र पाकिस्तानबीच कास्मिरलाई लिएर नयाँ खतरा बढ्ने देखिन्छ’ ज्योतिष सिटौलाले भने ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!